
बुटवल । रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ । शुक्रबार रूपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । ०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक विनोद कुँवरले अबको एक महिनाभित्र फ्लड लाइट पूर्णरूपमा जडान हुने जानकारी दिनुभयो । फ्लड लाइट जडानसँगै रात्रिकालिन सयमयमा पनि खेल खेलाउन सकिने बताउनुभयो । मैदानमा गतवर्षको फागुन यता एक सयभन्दा बढी खेल भइसकेको बताउनुभयो ।
नेपालको १९ वर्षमुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले सोही मैदानमा अभ्यास गरेको जानकारी दिनुभयो । भारतबाट केही क्लबस्तरीय टिम आएर खेलेको बताउनुभयो । नेट प्राक्टिसका लागि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको निर्देशक कुँवरको भनाइ छ । मैदानका साथै अन्य भौतिक संरचनाका काम अगाडि बढिरहेको बताउनुभयो । तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा रहेको बताउनुभयो । अब प्याराफिट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच