
काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेड भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो भेट यी दुई क्लबको हुने पक्का भएको हो ।
यी दुईबीचको खेल फागुन २५ गते त्रिपुरेश्वरस्थित दशरथर रंगशालामा अपराहृन ३ः१५ बजे हुनेछ । वीरगञ्जले चार वर्षअघि भएको लिग नवौं स्थानमा रहँदै सक्काएको थियो । वीरगञ्जले १३ खेलमा चार जित, चार बराबरी र पाँच हारसहित १६ अंक जोडेको थियो । च्यासल भने सोही साल शीर्ष डिभिजनबाट घटुवा भएको हो । च्यासलले शीर्ष डिभिजनका १३ खेलमा एक जित तीन बराबरी र नौ हारसहित ६ अंकमात्रै बटुलेको थियो । च्यासलसँगै बिग्रेट ब्वाइज क्लब ‘बी’ डिभिजनमा घटुवा भएको थियो ।
बिग्रेट ब्याइजले भने च्यासलले खेलेको भोलिपल्ट श्रीकुमार क्लबलाई चुनौती पेस गर्नेछ । उक्त खेल अपराहृन ३ः३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने तय छ । ‘बी’ डिभिजनमा च्यासल, वीरगञ्ज, बिग्रेट ब्वाइज र श्रीकुमारीसहित १४ क्लबको सहभागिता रहनेछ । शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ डिभिजन घटुवा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच