
पोखरा । संकटाविरुद्ध तीन-एकको जित निकाल्दै भारतको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ । शुक्रबार कास्कीस्थित पोखरा रंगशालामा सम्पन्न खेलमा थन्डरबोल्टलाई जित दिलाउन ताला, किरन राई र आर्दश तामाङले गोल गर्नुभएको थियो । संकटाका मनिष पौडेलले एक गोल गर्नुभयो ।
खेलमा सुरुवाती अग्रता भने संकटाले बनाएको थियो । १७औं मिनेटमा मनीषले गोल गर्दै संकटालाई अग्रता दिलाउनुभएको थियो । तर, संकटाको यो अग्रता लामो समय टिक्न सकेन । ३५औं मिनेटमा तालाले गोल गर्दै भारतीय टोलीलाई खेलमा फर्काएका थिए ।
७७औं मिनेटमा किरनको गोलमा थन्डरबोल्टले संकटाविरुद्ध दुई-एकको अग्रता बनायो । यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा आर्दशले गोल गरेपछि थन्डरबोल्टले तीन-एकको जित पक्का गरेको हो । जितसँगै क्वार्टरफाइनल प्रवेश गरेको थन्डरबोल्ट्सले अब सेमिफाइनल प्रवेशका निम्ति उज्वेकिस्तानको टिम ब्ल्याक बुल्स एफसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको आहा राराको यस संस्करणमा कुल १२ टोलीको सहभागिता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच