
✍️ सुरेशकुमार भट्ट
धेरै-धेरै वर्षअगाडिको कुरा हो । गोरखा सदरमुकाम नजिकैको गाउँमा एकजना निकै नाम चलेका धनमा नाममा कहलाएका भीमबहादुर बस्नेत भन्ने नाम गरेका काजी बस्दथे । वरपरका छोप्राक, खोप्लाङ, गकाखु, मसिल, ताप्ले, ताकुमात्र होइन टाढा टाढासम्म काजीको नाम चलेको र काजी पनि आउनेजाने गर्थे । त्यतिखेर माघे संक्रान्तीमा पैसा बुझाउने सर्तमा लैना भैंसीको व्यापार हुने गथ्र्यो । काजी दूधालु र गुनिलो भैंसी छ रे भन्ने सुनेपछि परिआए हाताहाती नै गनुवा गरेर भैंसी ल्याउने गरी पकेट बलियो गरेर भैंसी किन्न एक-दुईजना बलिया मानिससमेत लिएर थुम-थुम मौजा-मौजामा साउनको टुप्पातिर देखि भदौ पन्ध्रसम्ममा हरसाल घुमेर हेरेर लैना भैंसी किन्ने गर्थे ।
यसरी भैंसी किन्दै जाँदा काजीको घरमा कसरी कसरी एउटा अनौठो भैंसी आइपुगेछ । सुरुमा त काजीलाई लिनु न छोड्नुभयो । फिर्ता गरौं पनि एक त टाढा अर्को कुरा काजीको खान्दान, खान्दानमै बट्टा लाउन पनि मिलेन, काजी असमन्जसमा परे । तीन छाक भइसक्यो भैंसीले पाडालाई समेत दूध दिँदैन । मान्छेतिर हेर्छ कराएर बोलाउँछ । गएर दुहुन बस्यो फेरि छट्पटाउँछ । दूध गानिएर कचौँडो फुट्ला जस्तो रातो भएको छ । यही पिरले काजी झोक्राएर बसिरहेका थिए त्यति नै खेर ।
भैंसी ल्याएको गैरागाउँको चिप्ले गुरुङले के छो काजी ? किन झोक्राएको ? भन्दा झसङ्ग पनि भए हेर्छन् त गैरागाउँको चिप्ले । काजीले अलिक खुशी हुँदै भने ए ठागु झोक्रा होइन हेर पीर पर्यो । के पीर पर्यो त्यस्तो काजीलाई भन हो भन हामी पनि मान्छे नै हो । हेर न चिप्ले दुई दिन भइसक्यो भैंसीले पाडालाई समेत दूध दिया छैन, बोलाउँछ गयो फेरि दिँदैन के हो यस्तो आश्चर्य ? चिप्ले एक हलको मेलो गावैँभरि सुन्ने गरेर हाँस्यो । ओई ठट्टा नगर्न । चिप्ले बसेको थलाबाट जुरुक्क उठ्यो घर हिँड काजी भनेर बाटो लाग्यो ।
पाडाले खुरुखुरु दूध चुस्यो पग्रिरा’को भैंसी अई कान्छा पाडो तानिर बस भन्यो । बले बसेर खुरुखुरु फाममा दुहुँदै कराहीमा खन्याउँदै गरिरहृयो । कराही भरिएको देखेर सन्तेले अर्को कराही लिएर आयो र राखेर दूधको कराही लिएर गयो । यताबाट चिप्लेले भन्यो ऐ बले पाडाको भाग त नाचोर है कान्छा भन्यो ।
घरमा पुगेर ए ! कजिनी आमै कता छो ? तुमारू बाहिर आ कोपारा ल्या भन्यो । कजिनी भित्रबाट यो चिप्ले भाइ जहिले आए नि यस्तै बाटैदेखि कटुवाल लाउँदै आउँछ । केको कोपारा मागेको नि ? केको हुन्छ कोपारा ? फलाम हुन्न तामा भैन सुन बनाउन सकिन त्यही पित्तलको त हो । बरू ल्याऊ झट्टै भन्यो कजिनीले आफैं कोपारा ल्याइदिइन्, लौ लाऊ भनेर हातमा दिइन् र भित्र गइन् काजी नबोली नबोली हेरिरा’ छन् । चिप्ले नौलो होइन काजीका हलीगोठाला हिउँदे बर्खे ठाडो सियो निजु सबैलाई चिनेकोले चर्को स्वर गरेर भन्यो ए ! बले ! भैंसी दुहुने फाम र कराही लि’र आइजा ।
बले पनि हत्तपत्त एक हातमा फाम एक हातमा दूध तताउने कराही ( कुँडे) लिएर आयो र भन्यो । देला त दाइ ? मलाई होइन भैंसीलाई सोध कान्छा भन्दै जा पाडा छोड भन्यो । ऊ यता पिँढीमा कोपारा बजाउन थाल्यो भैसी हृवाइँ-हृवाइँ कराउन थाल्यो । पाडाले खुरुखुरु दूध चुस्यो पग्रिरा’को भैंसी अई कान्छा पाडो तानिर बस भन्यो । बले बसेर खुरुखुरु फाममा दुहुँदै कराहीमा खन्याउँदै गरिरहृयो । कराही भरिएको देखेर सन्तेले अर्को कराही लिएर आयो र राखेर दूधको कराही लिएर गयो । यताबाट चिप्लेले भन्यो ऐ बले पाडाको भाग त नाचोर है कान्छा भन्यो । बलेले छोडिदम्त दाइ भन्यो । विचार गरेर पाडा अघाउने भाग दुई थुनको निथ्र्यानी छाडेर अरू स्यारसुर्र गरेर छाडिदे भनेकाले बलेले त्यसै गरेर फाममा दूध लिएर गोठबाट निस्कियो ।
कोपारा बजाउन अघि नै चिप्लेले छाडिसकेको थियो । पाडाले खुरुखुरु मुखबाट राल फिँज चुहाउँदै दूध चुसेको काजी घुरेर हेरिरहेका थिए । चिप्ले त्यतै गएर ए काजी अब तिम्ले दूध खाए नि हाम्ले चुरोट खान परिन ? खाइ फूलमारा एक पाकिट ल्याऊ । ल ल अहिले एक खिली खा जाने बेलामा दिहाल्छु नि दाइ धन्दै नमान न भन्दै चुरोट दिए । चिप्ले चुरोट हातमा लिएर गएर अगेनाबाट अगुल्टो तानेर सल्काएर धुवाँ उडाउँदै बाहिर निस्कियो र काजीको छेउमा बसेर भन्यो ।
ल ल अब त हाँस काजी हाँस । सस्तोमा साह्रै गुन्यालो भैंसी पायो । दुहुन खान सकिन भने मलाई दे भैगो नि । भो न है धेरै बकबक नगर । बरू त्यो भैंसी दुहुने बेला कोपारा बजाउने र भैंसीको आनीबानी बेहोरा हाम्रो केटाहरूलाई राम्ररी सम्झाइदे । लु न हौ म सबै सिकाइराखेर जाला बरू मलाई पैसाले दुःख परेर आ’को अलिकति सैसापटी गर्नुपर्यो काजी काम चलाइदेउन है । कति चाहियो र ? मैले नि देखिहालिस् भैंसीमा खन्याएर ल्याएँ । धेरै होइन मसिले साहुको भाका आइपुग्यो एक सई पचास नपुगे सई नै भा’नि काम चलाउँछु । हुन्छ त्यति त के भोर लैजाऊ न त । आज बस्दैन ? बसन ।
संक्रान्ति मान्यो कि मानेको छैन पाथी पाँचेक धान लैजाऊ र केटाकेटीलाई काजी बाउले पठाइदेको भनेर खानदेऊ खोइ तिम्रो छोरा गोरे नदेखेको नि धेरै भयो । त्यता जाँदा काजी बाउ भन्दै काखमा बसेर कोटको गोजीमा हात हालेर मिश्री झिक्थ्यो कत्रो भा होला ? आ बडेमा मभन्दा अल्को छ । एकदिन भन्दैथ्यो ए ! बाउ त्यो काजी बाउ बुढो भएर यता नआ हो ? अनि मैले भन्यो होलानि सके त आउँथ्यो होला नि । म त सम्झिन्छु बाउ त्यो काजी बाउलाई सधैँ मिश्री दिन्थ्यो तेल्ले त । भनेर भनेथ्यो ।
तिमी फेरि यता आउँदा लिएर आऊ न है । गोरी नि ? ऊ त उसकै पोइको घर गाछे । काजी उठेरभित्र गए र एक सय रुपैयाँको भर्खरको नयाँ नोट ल्याएर चिप्लेको हातमा राखिदिए । सय रुपैयाँ लिएर ल म जान्छु है भनेर उठ्यो । च्याप्प समातेर पख । ए सन्तु जा पल्लो धन्सारको भकारीबाट एउटा धोक्रामा पाथी पाँचेक धान राखेर लेइदे । हस् हजुर भन्दै गयो, एकै छिनमा ल्याएर चिप्लेको अगाडि राखिदियो र गयो । हेर चिप्ले दाइ मैले यो भैँसी लिनु न छोड्नु भाथ्यो अब त सिकाइदिइहाल्यौ होइन ? थाहा पाएको भनिद्याछु । ढुक्क हौ फरक पर्दैन । यो धानको हिसाब पनि चाहिँदैन यो आजको गुन सम्झ । बरू चैते दशैँमा दश पाथी दिन्छु गोरेलाई लिएर आउनु त्यो चाहिँ गोरेलाई ।
हुन्छ हुन्छ आफ्नो मान्छे चिन्ने दुःखैमा त हो । मो पनि बेलैमा आइपुगेछ । के भनेको देउता आए जस्तो भो दाइ म यो गुन के बिर्सुला र । ल गावैँभरि काजी घरको भैंसी पगार्न कोपरा बजाउनुपर्छ रे । एक कान दुई कान मैदान सर्वत्र फैलियो । डाँडापारि खोलापारिका टाढाटाढा देखिका मान्छेसमेत काजीको भैंसीको चर्तिकला बुझ्न र हेर्नमात्रै पनि आउन थाले । वास्तवमा भैंसी पगार्न कोपारै किन बजाउनुपर्ने रैछ त भन्ने कुराको भेद जब भैंसीधनी र काजीको पछि भेट भयो त्यही बेला काजीले रहस्य सोधे खोजेकाले भैंसीधनी बेसारेले बताइदिएपछि काजीलाई बल्ल थाहा भयो कथाको पनि उपकथा रहेछ ।
उहिले उहिलेको कुरा हो जहाँ जुन थर घरको बसोवास हुन्छ त्यस ठाउँकालाई त्यही नामले पुकारिने चलन थियो । भट्टगाउँ, पाण्डेगाउँ, थापागाउँ, नेवारगाउँ, सारीगाउँ, बाहुनगाउँ, जैसीथोक, भुमरीथोक, उप्रेतीगाउँ, त्यस्तै जुन ठाउँमा बस्यो त्यही थर पनि भन्ने चलन थियो ।
जब बेसारेको बुढी लैना छोड्दी रैछन् त्यतिबेला नातिलाई सानो सिर्कनु दिएर घण्टी बजाए जस्तै नातिलाई बाजामा भुलाउन टिनटिन कोपरा बजाएर सुनाएर दुहुन बस्दिरैछन् । यता नातिलाई बजाउन रमाइलो लागेर बजाइरहँदो रहेछ । भैंसी खाने कुरा दिँदैछन् भन्ने लोभ र आशमा पर्दैगयो किनकि दिनदिनै नजानी नजानीकन यही क्रम भइरहृयो । उता भैंसीलाई पो बानी परेछ, यता नातिलाई भन्दा नि यसपछि त नाति नभए नि अरूले बजाइदिनपर्ने भयो । त्यही बानी परेकोले काजीको घरमा पनि एक जनाले लैना छोड्दा कोपरा बजाउनुपर्ने भयो । यसैलाई भन्छन् लागेको बानी धोएर के जानि ?
उपकथा : पानी नछेप्नु मास्टरजी
उहिले उहिलेको कुरा हो जहाँ जुन थर घरको बसोबास हुन्छ त्यस ठाउँकालाई त्यही नामले पुकारिने चलन थियो । भट्टगाउँ, पाण्डेगाउँ, थापागाउँ, नेवारगाउँ, सारीगाउँ, बाहुनगाउँ, जैसीथोक, भुमरीथोक, उप्रेतीगाउँ, त्यस्तै जुन ठाउँमा बस्यो त्यही थर पनि भन्ने चलन थियो देउकोटमा बसे देउकोटा, सिम्पाटामा बसे सिम्खडा, गैरामा बसे गैरे, कोटमा बसे कोटेली, लुइँटेलमा बसे लुइँटेल, मसारमा बसे मसारे, शिरीष घारीमा बसे शिरीष, चिलाउने घारीमा बसे चलाउने, हर्राबोटनेर घर भए हर्राबोटे, बडहरको बोटनेर भए बडरबोटे, कटहर भए कटरबोटे ।
यसरी नाम थर चिनारी दिने चलन थियो त्यसैले कसैको थरलाई लिएर विवाद र झगडा कोही गर्दैनथ्यो । कसैको अर्काले भनेको हुन्थ्यो कसैको आफूले भनेको पनि हुन्थ्यो । अर्को अनौंठो चलन के थियो भने जुन बालक जे बार जन्मन्छ त्यही बारको पहिलो अक्षरबाट नाम राख्ने धेरै समुदायको चलन थियो । आइतबार जन्मे आइते÷आइती सोमबार भए सोमे/सुनमया/सुन्तली यस्तैगरी शुक्रबार भए शुके शनिबार भए सन्ते/सन्त ।
त्यसैगरी गोरखाको एउटा सानो गाउँको नाम श्रीमल गाउँ थियो । त्यहाँ केही घर मग्रातीबाहेक धेरै श्रीमल नै थिए । त्यही श्रीमल गाउँको शुके भन्नेको घरबाट एक जना मास्टरले लैनो भैंसी किनेर ल्याएछन् । भैंसी दुहुने बेला भयो पाडो छोडे पाडालाई दूध दियो पघ्रियो । तब पाडो तानेर गौवामा पानी लिएर दुहुन बस्यो कल्चौँडामा पानी छ्यापेर पखाल्न थाल्यो भैंसी बुरुक्क उफ्रेर दुहुन बस्नेलाई मिचुम्ला झैँ गर्ने दुहुनै नपाउने । तीन छाक भइसक्यो ।
यस्तै मात्रै भयो तब भैंसीधनीलाई बोलाएर दुहुने बेला गोठको छेउमा बस्न भनियो । शुके पनि थपक्क छेउमा बसेर हेरिरहृयो । पाडाले दूध पघार्यो अनि पाडो तानेर बाँधेर दुहुने मान्छेले गौवाबाट हातमा पानी खन्याएर कल्चौंडामा छेप्न लागे तब शुके करायो ए ! मास्टरजी पानी नछ्याप्नु कल्चौंडो नधोइकन पाडाले चुसेको चिप्लोमै दुहुनु भन्यो । तब दुहतीले त्यसरी नै पानी नछ्यापी दुहे भैंसी चलन हल आनन्दसँग दिइरहृयो । तब भैंसी खरिदकर्ता मास्टर दङ्ग परे र भने अब यो भैंसी हामीले राख्ने हो भने पाडाको राल जुठो खानुपर्यो । होइन भने फिर्ता गर्नुपर्यो कि कसो शुके ? ‘त्यो त म के जानु तर यो भैंसी दुहुन कचौंडामा पानी नछेप्नु ।’
के गर्ने हजुर लाग्या बानी बल गरेर नजानी भन्नै पर्यो होइन त नि ? कसो गर्नी ? भैंसी ल्याउने मास्टर अक्क न बक्क परे लद्रक्क बसे भुइँमा र भने अर्को बेतमा कचौंडो पखालुला । हुन्न माष्टरजी हुन्न अघिल्लो बेतमा मलाई तल्लो गरामा पुर्याइदियो ‘ई’ भनेर टोपी झिकेर देखायो टाउकामा चार अङ्गुलको खत । तब माष्टरले भने धत् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच