✍️ पदम दाहाल
नजाऊँ कतै नै बसौँ देशमा म
थपुँ सीप सारा रमोस् यै बगान ।
गरुँ प्रेम यै देशको भक्ति राखूँ
छ सौन्दर्य यसमा यसैभित्र बाँचूँ ।
यहीँ मिल्छ मोक्ष यही नै छ मुक्ति
यहीँकै म लेखुँ सुधा दिव्य सूक्ति ।
हिउँ हेरी बस्ने छ यो जिन्दगानी
तलैया रमिता छ झङ्कार नामी ।
तराई कतै फाँट ढिस्का तराजु
बढुन् प्यार आस्था बनुन् पुल साँघु ।
खुसी चन्द्रमा झैँ रचुँ पूर्णिमा म
छ अस्तित्व प्यारो छिचोलुँ पीडा म ।
बनुँ देशको होनहार जवान
नबिर्सुं चिनारी पुरानै समान ।
०००
लोकन्थली, भक्तपुर ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि