
✍️ अनुपराज सेजुवाल
बा ! हजुरको सपना के छ ?
मेरा बालाई सपना देख्न आउँदैन
किनकि रातको सपनी त कहिल्यै देख्नुहुन्न ।
साहुको ऋण सिरानीमा राखी
एक निन्द्रा सुत्न पनि त सक्नुहुन्न ।।
मेरा बालाई फेसन भन्ने थाहा छैन
बगलीमा तीन ठाउँ दुई रङले सिएको
सर्ट अनि नीलो सुरुवाल लगाएर हिँडेको
अर्को बनाइ हिँड्न हुन्छ
मेरा बालाई आराम के हो थाहा छैन ।
बाको निदारबाट पसिना झर्छ, पैतलाबाट
रगत् झर्छ तर मेरा बाको आँखाबाट
आँसु भने कहिल्यै झर्दैन
मेरा बा निर्दही पो हुन् कि ?
मेरा बालाई भोक के हो थाहा छैन
आफ्नो भागको गाँस मुखमा नराखी
आप्mनो सन्तानलाई टुलुटुलु हेर्नुहुन्छ ।
बा ! खानु न भन्दा बस भोक छैन भन्नुहुन्छ
मेरा बाले तीन तले पिलरको घर ठडाउने
सपना देख्नु भएको छैन
मेरा बाको सपना बस कमलो ओछ्यान र मिठो निन्द्रा हो
मेरा बा गाउँले होइनन्, बस लाज छोप्न एक
सरो भए पुग्छ सोच्नुहुन्छ
मेरा बालाई आराम गर्न आउँदैन
आउँछ त केवल परिश्रम, उद्गम र मेहेनत
मेरा बाको आँखाबाट आँसु नझर्ने होइन
सन्तानको अगाडि कठोर बन्नुहुन्छ
मेरा बालाई नआउने केही छैन
मेरा बालाई भोक नलागेको नाटक गर्न
थकान महसुस नभएको नाटक गर्न
चोट नलागेको नाटक गर्न धेरै आउँछ
मेरा बा थाकेको मैले कहिल्यै देखेको छैन
सायद जिन्दगी र गरिबीको लडाइँ, लड्दा लड्दा
मेरा बा सुरवीर भइसक्नुभयो
बा हजुरको सपना मैले महसुस गरेँ
हजुर नभएर होइन नपुगेर बाध्य हुनुभएको रहेछ
मेरा बा निर्दयी होइनन्
सन्तान कमजोर नबनोस् भनेर कठोर रहनु भएको रहेछ
एकदिन मैले हजुरलाई प्रश्न ठड्याएँ झैँ बा
मेरा सन्तान पनि मलाई मेरो सपनाको
बारेमा जान्न इच्छुक हुनेछन् बा
मेरा बाको सिको गरी म पनि कठोर बन्नेछु बा
म सुरवीर बन्नेछु बा
म थकान महसुस गर्ने छैन
म सपनाको बगैँचामा हराउने छैन
म सुखको भोगमा दौड्ने छैन
म खुसीमा मात्तिने, दुःखमा आत्तिने छैन
म हजुरको पाइला पछ्याउँदा केही मेरा
केही हजुरका पाइला टेक्नेछु
म मेरा पाइतालामा रगत, निधारमा पसिना
हातमा ठेला बोकी परिश्रम गर्नेछु बा
म विश्वस्त छु बा म काबिल छु
मेरो सपना यही हो बा
बा हजुरको सपना के छ ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच