रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
प्रहरीका अनुसार शुक्रबार साझ करिब ६ बजेको समयमा रोल्पाको घर्तीगाउँ देखि दाङको घोराहि तर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको सामान ढुवानी गर्ने बोलेरो जिप रोल्पाको त्रिवेणी गाउँपालिका- ७ गाङ भन्ने ठाँउमा दुर्घटना हुँदा जिपमा सवार शिक्षिकाको घटनास्थलमै मृत्युु भएको बताइएको छ ।
यसरी मृत्यु हुने शिक्षिका रोल्पा गङ्गादेब गाउँपालिका २- घोरनेटा घर भइ हाल रोल्पाको रुन्टिगढि गाउँपालिका -९ सर्पाल स्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका अन्दाजी २९ वर्षिय सीता खड्का रहेको बताएको छ । मृतक शिक्षिकाको दुई वटा छोराहरु पनि घाइते भएको र थप उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले बताएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर