श्रीमतीसँग यौन सम्बन्ध राख्नेमाथि खुकुरी प्रहार

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । घरमै पुगेर अर्काकी श्रीमतीसँग यौन सम्बन्ध राख्ने झापाका एक व्यक्ति खुकुरी प्रहारबाट घाइते भएका छन् । कनकाई नगरपालिका-१ का ५५ वर्षीय कुलबहादुर बस्नेत खुकुरी प्रहारबाट घाइते भएका हुन् । उनलाई सोही ठाउँका ४५ वर्षीय प्रकाश कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

बिहीबार साँझ ७: ३० बजेको समयमा आफ्नै घरभित्र श्रीमती ४४ वर्षीया बिन्दा कार्कीसँग यौन सम्बन्ध राखिरहेको देखेपछि आक्रोसित कार्कीले बस्नेतमाथि खुकुरी प्रहार गरेको अस्थायी प्रहरी पोष्ट दुर्गापुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका बस्नेतको अवस्था सामान्य छ । उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ । दुर्गापुरबाट खटिएको प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिएको छ । बरामद खुकुरीसहित उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
3 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?