तातोपानी गाउँपालिकाद्वारा हिउँदे गाउँसभाबाट १७ विधेयक पारित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले १६ औं हिउँदे गाउँसभाबाट १७ वटा विधेयक पारित गरेको छ । शुक्रबार भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न १७ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित भएको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो ।

पारित भएका विधेयकमध्ये घर बीमा सम्बन्धी कार्यविधी(२०८१), एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधी(२०८१), लोकसेवा आयोगको निःशुल्क कक्षा संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधी (२०८१), अटोरिक्सा सम्बन्धी संचालन तथा व्यवस्थापन ऐन(२०८१), तातोपानी गाउँपालिका व्यवसायिक पंक्षी फर्म तथा ह्याचरी संचालन सम्बन्धी कार्यविधी (२०८१), तातोपानी गाउँपालिकाको विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम सम्बन्धी कार्यविधी(२०८१) पारित भएको छ ।

त्यस्तै तातोपानी गाउँपालिकाको नर्सरी संचालन तथा व्यवस्थापन निर्देशिका(२०८१), पोषण मैत्री वडा तथा पालिका घोषणा सम्बन्धी कार्यविधी(२०८१), ढुङ्गा गिट्टी बालुवा उत्खनन सम्बन्धी मापदण्ड(२०८१), घर नक्सा पास सम्बन्धी कार्यविधी(२०८०)पहिलो संशोधन र तातोपानी धारा संचालन तथा व्यवस्थापन कार्यविधी(२०७९) पहिलो संशोधनसहित हिउँदे गाउँ सभाबाट पारित भएको तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ ।

त्यस्तै, कन्टीजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधी(२०८१), छाउपडी प्रथा विरुद्धको कार्यक्रम कार्यान्वयन कार्यविधी(२०८१)बाल सहभागिता कार्यविधी(२०८१), बाल बिवाह निरोत्साहित निर्देशिका(२०८१), बाल बालिकाहरु माथि हुनेसबै प्रकारका हिंसा उजुरी सुनुवाई कार्यविधी(२०८१) र आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका(२०८१) लगायतका विधेयक पारित भएको गाउँपालिका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

गाउँपालिकाले चालु आवको गाउँसभामार्फत अर्धवार्षिक वित्तिय तथा भौतिक प्रगति समेत सार्वजनिक गरेको छ । जसमा पूँजीगत खर्चतर्फ कुल बजेटको १५ दशमलव २४ प्रतिशत खर्च भएको छ । कुल चालु बजेटको ३३ दशमलव १६ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?