रोल्पा । रोल्पामा माघ महिनामै चैते काफल पाक्न शुरु गरेको छ। स्थानीयका अनुसार चैत महिनामा पाक्ने काफल जङ्गलहरुमा माघ महिनामै पाक्न सुरु भएपछि काफल बिक्री गर्न स्थानीय बजारमा ल्याउन थालेका छन् ।
रोल्पाको रुन्टिगढि गाउँपालिका-२ उमा गाउँकि ५० वर्षिय चैती कुमारीका अनुसार आफ्नो गाउँको जङ्गलमा काफल पाक्न सुरु गरेकोले जङ्गलको काफल टिपेर आफुले बिक्रि गर्न स्थानीय बजारमा ल्याउन सुरु गरेको बताउँदै माघ महिना देखी पाक्न सुरु गरेको काफल जेठ महिनाको दोस्रो साता सम्म जङ्गलमा पाइने बताउनुभयाे ।
चैती कुमारीकाअनुसार बिगतका बर्षहरुमा प्राय चैत महीनामा पाक्ने काफल यो बर्ष माघ महिनामै पाक्न सुरु गर्यो । बिगत केही बर्ष अगाडि देखि काफल पाक्ने सिजनमा काफल बिक्री गरेर ७ हजार देखि १७ हजार रुपैया सम्म कमाइ गरेको समेत उहाँले बताउनुभयाे । उहाँका अनुसार काफल पाक्ने सिजनमा गाउँका धेरै जसो महिलाहरु काफल बिक्रि गर्न स्थानीय तथा छिमेकी जिल्ला दाङको बजारहरुमा पुग्ने गरेका छन् ।
यता स्थानीयका अनुसार जलवायु परिवर्तनका कारण पछिल्लो समय काफल पाक्ने समयमा समेत फेरबदल भएको र चैत महिनामा पाक्ने काफल माघ महिना देखिनै पाक्न सुरु गरेको बताएका हाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच