
पाल्पा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असफल भएको आरोप लगाउनु भएको छ ।
शनिबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजिना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असफल भएको आरोप लगाउनु भएको हो ।
उपाध्यक्ष श्रेष्ठले भ्रष्टचारको जगमा उभिएर निर्माण भएको सरकार नजिकका भ्रष्टाचारीलाई बचाउँदै सत्ता जोगाउन लागिरहेको बताउनुभयो ।
उहाँले सरकारले जनताको वास्तविक चाहनाहरूसँग मेल खाएर काम गर्न सकेमात्र देशमा वास्तविक परिवर्तन ल्याउन सकिने बताउनुभयो । ‘माओवादी सरकारले भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चालेको थियो । भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई कारवाही गर्न थालेपछि सरकार ढालिएको हो,’ उहाँले भन्नुभयो ।
राष्ट्रिय सभाका सदस्य समेत रहनुभएका माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले संसद र जनताको अपमान हुने गरी अध्यादेश ल्याएको पनि बताउनुुभयो । उहाँले जनता र राष्ट्रहित विपरित अध्यादेशमा कतिपय कुराहरु भएकाले माओवादी लगायत प्रतिपक्षदलहरुको सहकार्यमा अध्यादेश संसदबाट पारित हुन नदिने चेतावनी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच