
सप्तरी । बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ ।
बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र १–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो ।
मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन् । निजको खोजी भइरहेको छ ।
गत पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच