
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरुका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ ।
शनिवार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीकी नेतृ हिसिला यमीले यस्तो जानकारी दिनुभएको हो । उहाँले भारतमा रहने प्रवासी सदस्यहरुलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बताउनु भयो ।
उहाँले पार्टीले समावेशीताको मर्मअनुसार पदाधिकारी चयन गर्ने जानकारी खिनुभयो । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुने बताउनु भयो । त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट चयन गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी एउटा नयाँ एक्सपेरिमेण्ट गर्दैछौँ । समावेशीलाई साँच्चै त्यसको मर्मलाई समेटेका छौँ । हाम्रो पदाधिकारीमै समावेशी अन्तर्गत अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा व्यक्तिगत प्रतिष्पर्धाको आधारमा छ भने उपाध्यक्ष ग्रुप प्रतिष्पर्धाको माध्यमबाट आउने, सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट गर्दैछौँ । सिसिएमहरुलाई पनि उठ्नको लागि हामीले क्लस्टरको आधारमा सरकारले फलो गरेको प्रतिशतको आधारमा हामीले गरेका छाँै । यो हाम्रो लागि पनि चुनौति हो । यो राजनीतिक उडानको लागि पनि चुनौति हो ।’
नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का नेता कृष्ण शर्माले राजनीतिक समस्या मात्र नभइ समाधान पनि भएको बताउनु भयो । उहाँले अहिले पुराना राजनीतिक दलहरुले समस्या मात्रै उजागर गर्ने गरेको, जनताको भावनालाई समातेर सत्तामा जाने र सत्ताकोदोहन गर्ने काम गरिरहेको आरोप लगाउनु भयो । नयाँ शक्ति भनेको समाधान भएकाले समाधानसहितको दिशामा अघि बढाउने बताउनु भयो । पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेको बताउँदै ७५३ मध्ये ५१२ स्थानीय निकायबाट प्रतिनिधित्व भएको बताउनु भयो । ३१ हजार पार्टी सदस्यहरु, त्यहाँबाट निर्वाचित भएका १ हजार ५ सय प्रतिनिधिहरु काठमाडौं आइसकेको जानकारी दिनुभयो । पुराना शक्तिहरुलाई पार्टीको महाधिवेशनमा नबोलाइएको बताउनु भयो । उहाँले पार्टीका नेताहरु आफैँ आत्मनिर्भर हुने, स्वायत्त र स्वचालित ढंगका पार्टीका नियकाहरु हुने उल्लेख गर्नुभयो । शक्ति पृथकीकरणको सिद्धान्तलाई पार्टीभित्र अपनाउने बताउनु भयो ।
पार्टीको महाधिवेशन नेपालको राजनीतिक प्रणालीलाई पुनःसंरचना गर्ने र नेपालको राष्ट्रिय राजनीतिक नयाँ दिशामा मार्ग प्रशस्त गर्ने वैकल्पिक राजनीतिक धार भएको बताउनु भयो । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ गतेदेखि शुरु हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच