
पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत शनिबार पोखरामा हिृवलचियर महिला/पुरूष र दृष्टिविहीन महिला/पुरूष दौड सम्पन्न भएको छ । १९औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत सम्पन्न पुरूष हिृवलचियर दौड दुई किमीतर्फ काठमाडौंका सन्तोष कार्की पहिलो हुनुभयो । त्यसैगरी काठमाडांैकै दीपक आले मगर दोस्रो हुँदा पोखराका सुरेश गौलीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
यसैगरी महिला हिृवलचियर एक किमी दौडमा काठमाडौंकी सिर्जना कार्की पहिलो हुनुभयो भने काठमाडौंकै हिमाकुमारी लम्साल दोस्रो हुँदा पोखराकी पुनम विकले तेस्रो स्थान हात पार्नुभयो । सोही प्रतियोगिताअन्तर्गत सम्पन्न दृष्टिविहीन दौड पुरुषतर्फ जीवन थापाले पहिलो स्थान हात पार्नुभयोे । सोही दौडमा ऋषि लोहनी दोस्रो हुँदा वीरेन्द्र लामिछाने तेस्रो हुनुभयो । महिलातर्फको दौडमा विनिता पुन पहिलो, देवी बराल दोस्रो र सचिना सुवेदी तेस्रो हुनुभयो ।
विजेताहरू पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः जनही नगद १० हजार, सात हजार र पाँच हजारका साथमा प्रमाणपत्र र १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लोगो अंकित टिसर्ट प्राप्त गरे । यसअघि प्रातियोगिताको उद्घाटन नेपाली सेना पश्चिम पृतना हे. क्वाका पृतनापति उपरथी मधुकर सिंह कार्कीले गर्नुभएको थियो ।
प्रतियोगितामा हिृवलचियर पुरूषतर्फ १८ जना र महिलातर्फ नौजना, दृष्टिविहीन पुरुषतर्फ ३१ जना र महिलातर्फ ११ जना गरी कुल ६९ जनाको सहभागिता रहेको थियो । पोखरा अन्तर्राष्ट्रिय म्याराथन भने फागुन ३ गते शनिबार हुनेछ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखरा रंगशालाबाट सुरु भई लेकसाइड हल्लनचोकमा पुगेर सम्पन्न हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच