एजेन्सी । होबर्ट हुर्काज र कार्लोस अल्काराज रोटरड्याम टेनिसको सेमिफाइनलमा पुग्नुभएको छ । शुक्रबार राती भएको खेलमा हुर्काजले एन्डी रुबलेभलाई २-१ सेटमा हराएर सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभएको हो भने स्पेनका कार्लोस अल्काराजले आफ्नै देशका पेड्रो मार्टिनेजलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो ।
हुर्काज क्वाटरफाइनलको पहिलो सेटमा टाइब्रेकरमा पराजित हुनुभएको थियो । प्रतिस्पर्धात्मक खेल ७-६ को स्कोरसँगै टाइ भएको थियो । टाइब्रेकरमा हुर्काजविरुद्ध एन्डी रुबलेभले ७-५ को जित दर्ता गर्नुभयो । पहिलो सेटमै पछि पर्नुभएका हुर्काजले त्यसपछिका दुई सेटमा जित निकाल्नुभयो । दोस्रो सेटमा हुर्काजले ६-३ को जित दर्ता गर्नुभयो भने तेस्रो सेटमा उहाँ ६-४ ले विजयी हुनुभयो ।
स्पेनका कार्लोसले २-० को सेटमा जित निकाल्नुभयो । दुवै सेटमा उहाँले एकपक्षीय प्रदर्शन गर्नुभयो । अल्काराजले पहिलो सेट ६-२ ले जित्नुभयो भने दोस्रो सेटमा मार्टिनेजको खातामा एक अंकमात्रै हुँदा अल्काराजले खेल आफ्नो पक्षमा पार्नुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि