
साउदी अरब । ३५/४० वर्षको उमेरका त अधिकांश खेलाडी सन्न्यास लिएर अर्कै दुनियाँमा पुगिसक्छन् । तर, स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो ४० पछि पनि फिट हुनुहुन्छ । फिट मात्रै होइन उहाँले अझै पनि मैदानमा तहल्का मच्चाइरहनुभएको छ । साउदी प्रो-लिगमा अल-नासरबाट एकपछि अर्को गोल गरिरहनुभएको छ । घरेलु मैदानमा भएको खेलमा अल-नासरले अल-फेहामाथि ३-० को प्रभावशाली जित हात पारेको छ ।
अल नासरलाई जिताउन जोन डुरानले दुई र कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुभयो । खेलको सुरुवातदेखि नै अल-नासरले दबाब सिर्जना गरेको थियो । योसँगै अल-नासरले १९ खेलबाट ४१ अंक पुर्याएको छ । तर, अल-नासर शीर्ष स्थानको अल-इत्तिहादभन्दा आठ र दोस्रो स्थानको अल-हिलालभन्दा पाँच अंकले पछि छ ।
थप एक गोलसँगै रोनाल्डो हजार गोलको कीर्तिमान पछ्याइरहनुभएको छ । अहिलेसम्म उहाँले नौ सय गोलको आँकडा भने पार गरिसक्नुभएको छ । रोनाल्डो आफैंले भन्नुभएको छ कि, ‘म हजार गोलको उपलब्धि छुन चाहन्छु ।’ अहिलेसम्म कोही पनि व्यावसायिक फुटबल खेलाडीले हजार गोलको उपलब्धि आत्मसात् गरेका छैनन् । पेलेले हजार गोल गरेको दाबी गरिए पनि कसैले आधिकारिकरूपमा पुष्टि गर्न सकेका छैनन् ।
रोनाल्डोले व्यावसायिक खेलाडीका रूपमा ३३ ठूला उपाधि चुम्नुभएको छ । व्यक्तिगत कीर्तिमान त झन् कति हो कति । रोनाल्डोले पोर्चुगलका लागि युरोपेली च्याम्पियनसिप र नेसन्स लिग दुवै जित्नुभयो । उहाँले जित्न नसकेको भनेको विश्वकपमात्रै हो । अर्को विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा हुनेछ, त्यसमा ४१ वर्षीय रोनाल्डोले विश्वकप खेल्नुहोला त ? प्रश्नसँगै उहाँले खेल्ने आँकलन पनि गरिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच