
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबलको १५औँ संस्करण फागुन ३ गतेदेखि हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लबले शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता एक साता चल्ने जानकारी दिएको हो । इटहरी रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् भने सर्वाधिक गोलकर्तालाई २५ हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा साबिक विजेता चर्ज ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी, झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, युनाइटेड खरसाङ फुटबल क्लब युकेएफसी भारत, दुईपटकको च्याम्पियन सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब गरी आठ टिमको सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा आयोजकले खेल तालिकासमेत सार्वजनिक गरेको छ । उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड खरसाङ फुटबल क्लब (युकेएफसी)बीच प्रतिस्पर्धा हुनेछ । फागुन ४ गते सगरमाथा युथ क्लब मोरङ र न्युरोड टिम काठमाडौं (एनआरटी) बीच खेल हुनेछ भने फागुन ५ गते मच्छिन्द्र फुटबल क्लब काठमाडौं र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच