
पोखरा । ब्रिगेड ब्वाइज क्लब, युकेलाई दुई-शून्यले पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा पुलिसले आफ्नो सेमिफाइनल खेल पक्का गरेको हो ।
खेलको २८औँ मिनेटमा प्राप्त कर्नर पुलिसका विवेक पाण्डेले सदुपयोग गर्दै गोल गर्नुभएको थियो । उहाँको प्रहार ब्रिगेड ब्वाइजका खेलाडी रायन कुँवरको हेड हुँदै सेकेण्ड बारमा लाग्दै गोलमा परिणत भएको थियो । खेलको ४०औँ मिनेटमा कप्तान राम वाजीले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो ।
यसअघि पुलिस आयोजक सहारा क्लबलाई उद्घाटन खेलमा हराएर क्वाटरफाइनल प्रवेश गरेको थियो । शनिबारको खेलमा प्लेयर अफ द म्याच पुलिसका टिम कप्तान राम वाजी घोषित हुनुभयो । ६ पल्टको उपाधि विजेता पुलिस अब त्रिभुवन आर्मी र चर्च ब्वाइजबीच हुने क्वाटरफाइनलको विजेतासँग माघ ३० मा सेमिफाइनल खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच