
धरान । ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै न्युरोड टिम (एनआरटी) ले २५औँ संस्करणको बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आफ्नो पोल्टामा पार्न सफल भएको छ । धरान रंगशालामा शनिबार सम्पन्न फाइनल खेलको २२औँ मिनेटमै कप्तान अनन्त तामाङको गोलमार्फत् चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो । तर, उक्त अग्रता चार मिनेट पनि टिक्न सकेन ।
२६औँ मिनेटमा विदेशी खेलाडी हेनरी पोकोले गोल गर्दै एनआरटीलाई खेलमा फर्काउनुभयो । ५७औँ मिनेटमा उहाँले नै दोस्रो गोल गर्दै एनआरटीलाई तेस्रोपल्ट उपाधि दिलाउनुभएको हो ।
एनआरटीले यसअघि २०६४ र २०८० मा बुढासुब्बा गोल्डकपको उपाधि चुमेको थियो । उपाधिसँगै एनआरटीले १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले पाँच लाखमा चित्त बुझाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच