
काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी फ्रेञ्चाइज वर्ल्ड अफ डान्सको नेपाल फ्रेञ्चाइज सम्पन्न भएको छ । ‘वर्ल्ड अफ डान्स नेपाल’को आयोजित ग्राण्ड फिनालेबाट बिजेताहरू छानिएका छन् । उपाधिका लागि प्रतिस्पर्धा गरेका ३३ समूहबाट तीन डिभिजनका विजेताहरू छानिएका हुन् ।
‘अपर टिम’तर्फ बुटवलको द ब्रेभ गोरखा विजेता बन्यो । यो विधामा काठमाडौंको ग्रुभ ओभरडोज फष्ट रनरअप र ललितपुरको वाई स्ट्यांड क्रू सेकेण्ड रनरअप घोषित भए ‘जुनियर टिम’तर्फ काठमाडौंको नेपा डान्स एकाडेमी पहिलो, मोरङको हृयान्ड टु हृयाण्ड क्रू दोस्रो र ललितपुरको क्रिएटर क्रू तेस्रो बने ।
अपर डिभिजनतर्फ कैलालीको बब्लू एण्ड रोहित पहिलो, काठमाडौंका स्वस्तिक अर्याल दोस्रो र झापाको एसएनएस क्विन्स तेस्रो भए । विजेताले जुलाईमा अमेरिकामा आयोजना हुने विश्व प्रतिस्पर्धामा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।
स्वदेशी नृत्यकारलाई विश्वसामु परिचित गराउने र नेपाली कलासंस्कृति उजागर गर्नको निम्ति कार्यक्रम आयोजना गरिएको शोका राष्ट्रिय निर्देशक रोशन गहतराजले बताउनुभयो । कन्टेम्पोररी नृत्यकार जेडी तमु, एभरेष्ट क्रुका निशान्त गौचन र पपर मुकेश ढकाल जुरीको रूपमा रहनुभएको थियो । सुस्ताएको नेपाली नृत्य क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता नयाँ सुरुवात भएको शोका कला निर्देशकसमेत रहनुभउकाका तमुले बताउनुभयो ।
समारोहमा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल प्रमुख अतिथिको रूपमा हुनुहुन्थ्यो । उहाँले विजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो । मण्डला इन्टरटेनमेन्टकोे आयोजनामा भएको कार्यक्रममा भारतको चर्चित डान्स रियालिटी शो ‘डान्स इण्डिया डान्स’, लिटलमास्टर, झलक दिखलाजाका विजेता तेरिया मगर, भ्वाइस अफ नेपालका होस्ट सुशील नेपाललगायत उपस्थित हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच