
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता गौरव पहाडी र रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने यस चलचित्रको लागि यसअघि विजय बरालले प्रमुख भूमिकामा अनुबन्धित भइसक्नुभएको छ ।
पेपरक्लिप प्रालिले बनाउन लागेको यस चलचित्रमा एसोसियट निर्देशन मनिष राउतले गर्दै हुनुहुन्छ । यसमा उहाँले अभिनयसमेत गर्नुहुनेछ । भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहको चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।
चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहनुभएको छ । यस चलचित्रमा नवीन गुरुङ छायांकारका रूपमा रहनुभएको छ भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुनुहुन्छ । भिएफक्स सुपरभाइजर मयंक निरौला रहनुभएको छ । पेपरक्लिपका विमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । चलचित्र यो वर्षको अन्त्यसम्ममा छायांकन सुरु गर्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच