
काठमाडौं । रचना रिमालको स्वरमा रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । मातृका भण्डारी ‘मुना’को शब्द रचना, चिरञ्जीवी भण्डारीको संगीत, आशिष लामाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गायिका रचना र गीतकार साहित्यकार मातृका फिचर्ड हुनुहुन्छ । मरुभूमि नारायणको छायांकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन छ ।
दर्शित म्युजिक एण्ड मिडियाले प्रालि बजालरमा ल्याएको गीतको भिडियोलाई गीतकार भण्डारीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतले एकतर्फी अत्यन्त विश्वास भएपछि, विश्वाशमा धोका हुँदा मर्माहत पीडा, तडप्पनलाई व्यक्त गरेको गीतकार भण्डारीले बताउनुभयो । मातृका भण्डारीले साहित्य, गीत, कवितामा लामो समयदेखि कलम चलाउँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच