
काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले शुक्रबारदेखि देशको १० हलमा प्रदर्शनको १०० दिन मनाएको छ । चलचित्रका वितरक करण क्रेजीका अनुसार यो चलचित्रले ५२ करोडभन्दा बढीको व्यवसाय गर्दै १० हलमा व्यवसायको सय दिन पार गरेको हो ।
चलचित्रले क्यूएफएक्सको सिटी स्क्वायर र राइजिङ, रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज, शुभकामना सिनेमा, फ्रेन्ड्स सिनेमाज बुटवलसहितका हलमा प्रदर्शनको १०० दिन पार गरेको छ ।
चलचित्रले विदेशमा पनि राम्रो कमाउन सफल भएको छ । निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ २३ करोड ३५ लाख रुपैयाँ क्रस भएको सार्वजनिक गरेको थियो । त्यसपछिको व्यवसाय सार्वजनिक गर्न बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच