
वीरगञ्ज । विनयराज गौतमको कथाकृति ‘रमरतिया’ लोकार्पण भएको छ । वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्कलगायतले उक्त कृतिको लोकर्पण गर्नुभएको थियो । कृति सार्वजनिक गर्दै प्रमुख अतिथि साहित्यकार अश्कले कुनै पनि कथाकृति वा उपन्यासमा आञ्चलिकता हुन ठाउँको नाम राखेरमात्रै हुन्न, त्यसको कथावस्तुमै परिवेश झल्किुनुपर्नेमा जोड दिँदै कथाकृतिको प्रशंसा गर्नुभएको थियो ।
समीक्षक रामप्रसाद पाण्डेले कथाले प्रस्तुत गरेको आञ्चलिकता, कृतिको शिल्प शैलीको चर्चा गर्दै स्थानीय समाजको क्रियाकलाप एवं पीडालाई उजागर गरेको जिकिर गर्नुभयो । कृतिकार गौतमले कथाकृति आफूले लोकलाई सुम्पिएको बताउनुभयो ।
पर्सा जिल्ला ज्येष्ठ नागरिक संघको आयोजनामा सम्पन्न कार्यक्रममा जगदीशप्रसाद शर्मा, श्यामकुमार पोखरेल, रामप्रसाद साह, वैद्यनाथप्रसाद कोइरीलगायत आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच