
काठमाडौं । साहित्यकार हरिश कल्पितको दुई कथाकृति ‘आस्था’ र ‘ग्याब्रियले’ माथि अन्तर्क्रिया गरिएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा उक्त दुई कृतिको परिचर्चा गरिएको हो । कल्पितको ‘आस्था’माथि डा. अम्बिका अर्याल र ‘ग्याब्रियले’ माथि डा.शोभा ढुंगानाले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
डा.अर्यालले २४ वर्षअघि प्रकाशित कथाकृति ‘आस्था’को विषयमा बोल्दै यस संग्रहभित्रका कथाहरूमा अधिकांशतः प्रेमिल भावहरू रहेको सुनाउनुभयो । आस्थाभित्रका १३ वटा कथाहरूको चिरफार गर्दै कथा सन्देशमूलक भए पनि आकारमा धेरै लामो भएको उहाँको टिप्पणी थियो ।
डा.ढुंगानाले ‘ग्याब्रियले’माथि चर्चा गर्दै शीर्षकले विदेशी कथाहरू भएको झल्को दिए पनि यसभित्रका अधिकांश कथा नेपाली परिवेशको भएको जानकारी गराउनुभयो । उहाँले हरिशका कथा सामाजिक यथार्थवादी दृष्टिबाट लेखिएको बताउँदै कलात्मक शिल्पका साथ बुनिएको जिकिर गर्नुभयो । कथाकार कल्पितले अब उपन्यास लेख्ने तयारी गरिरहेको सुनाउनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि आख्यानकार पद्मावती सिंहले हरिशको लेखनको प्रसंशा गर्नुभएको थियो । साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा राधेश्याम लेकालीको सभापित्वमा सम्पन्न भएको थियो ।
सो अवसरमा कमला रिसाल तथा मथुरा प्रधानले गीत सुनाएर माहौलमा रौनकता थपेका थिए भने समारोहमा पुनम घिमिरेद्वारा खादा मालाले सम्मान गरिएको थियो । सोही क्रममा कार्यक्रममा लेखककी माता प्रेमकुमारी सुवेदी तथा प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरी सुरु गरिएको कार्यक्रममा पुनम घिमिरेद्वारा स्वस्ति वाचनका साथै कार्यक्रमका अतिथिहरूमा खादा मालाद्वारा सम्मानित गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण अनेसास नेपाल च्यापटरकी उपाध्यक्ष तथा साहित्यकार मञ्जिला अनिलले गर्नुभएको थियो ।
सभ्य एवं भव्य रूपमा सम्पन्न गरिएको उक्त कार्यक्रममा प्राज्ञ लक्ष्मी माली, स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, पत्रकार/साहित्यकार राजेश खनाल, सुशीला ढकाल गंगाप्रसाद भेटवाललगायत साहित्यानुरागी व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच