
काठमाडौं । वरिष्ठ पत्रकार होमनाथ दाहाल सम्मानित हुनुभएको छ । ओखलढुंगा पत्रकार समाजले दाहालको मैतीदेवीस्थित निवासमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान अर्पण गरेको हो । समाजका तर्फबाट वरिष्ठ पत्रकारद्वय ध्रुवहरि अधिकारी र राजेन्द्र दाहालले दोसल्ला ओढाएर उहाँलाई सम्मान गर्नुभएको थियो ।
ओखलढुंगाको मोलुङ गाउँपालिका-२, रामपुरमा जन्मिनुभएका ८३ वर्षीय दाहाल राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशकका साथै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष हुनुहुन्छ । विसं २०५६ मा ओखलढुंगा क्षेत्र नं १ बाट सांसद पदमा निर्वाचित हुनुभएका उहाँ पछि कृषि तथा सहकारीमन्त्री हुनुभएको थियो ।
गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक समेत रहनुभएका पत्रकार दाहालले नेपाली पत्रकारितामा विशिष्ट योगदान पुर्याएको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताउनुभयो ।
ओखलढुंगा पत्रकार समाजका तर्फबाट पत्रकारहरू जीवनाथ धमला, जीवराम भण्डारी, बालकुमार नेपाल, नारदमुनि गौतम, तुलसीहरि कोइरालालगायतको उपस्थिति थियो । समाजका अध्यक्ष चेतनाथ धमलाले ओखलढुंगामा जन्मिएर पत्रकारिता क्षेत्रमा रहेका सम्पूर्ण पत्रकारहरूलाई संगठित गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच