
काठमाडौं । त्रिमूर्ति निकेतनले अठारौं त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२३औं जयन्तीका अवसर पारेर मनाएको छ । उक्त अवसरमा चारजना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका २०८० सालका पुरस्कार र सम्मान अर्पण गरिएको छ ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्राडा.महादेव अवस्थीले रामबाबु सुवेदी, प्राडा.सावित्री कक्षपती र प्राडा.बेञ्जु शर्मालाई पुरस्कार अर्पण गर्नुभएको हो ।
छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवं छन्दकाव्यको प्रचारप्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान दिनुहुने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ अर्पण गरिएको छ ।
नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली रंगकर्मको संवद्र्धनमा समेत समाहितहुँदै नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित प्राडा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ अर्पण गरिएको छ ।
विगत छ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदानका निम्ति प्राडा.बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको छ । ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक-एक लाख रुपैयाँ रहेका छन् ।
समारोहमा मुक्तक साम्राज्ञी उषा शेरचनले आफ्नो कविता सुनाउनु भएको थियो । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरू तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले आ-आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच