
चितवन । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधन गर्न जरुरी भएको बताउनुभएको छ । नेपाली कांग्रेस पूर्वआप्रवासी विभागले भरतपुरमा आयोजना गरेको विदेशदेखि स्वदेशसम्म बागमती प्रदेश स्तरीय भेला उद्घाटन गर्नु हुँदै खड्काले उक्त विषय अपरिहर्य रहेको बताउनुभएको हो ।
नेपाली कांग्रेस बीपीको सपना पूरा गर्न सधैं तत्पर बनेको भन्दै उहाँले अहिलेको वर्तमान सरकारका विषयमा टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । देशका कयौं परिवर्तनकारी भूमिकामा कांग्रेसले खेलेको योगदानको प्रशंसा गर्नुपर्ने बताउँदै खड्काले संविधान र लोकतन्त्रको मलजल गर्नुपर्ने धारणा राख्नुभयो । देशलाई विकास समृद्धि र सुशासन प्रदान गर्न सरकार लागिपरेको बताउनुभयो । सहकारी प्रकरणदेखि विभिन्न काण्डमा मुछिएकालाई कारबाही गर्न कांग्रेस-एमाले सफल भएको दाबी गर्नुभयो ।
स्वदेश तथा विदेशमा रहेका आप्रवासीहरुको साझा संगठन युवाहरुको हितका लागि काम गर्दै आएको बताउँदै उहाँले रोजगारी प्रबद्र्धनका लागि कांग्रेसले जोड दिइरहेको बताउनुभयो । विभागका संयोजक कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमा रेग्मी, जिल्ला सभापति राजेश्वर खनाल, भरतपुर महानगर सभापति चित्रसेन अधिकारीलगायतले आ-आफ्ना भनाइ राख्नु भएको थियो ।
विदेशबाट फर्किएका कंग्रेसीहरुको विशेष उपस्थिति रहेको कार्यकर्ममा नेपाली कांग्रेसका जिल्ला, क्षेत्र र केन्द्रस्तरका नेता तथा कार्यकर्ताको सहभागिता भएको कार्यक्रममा आप्रवासी विभागका सदस्य एवं बागमती प्रदेशका संयोजक उमा कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच