
काठमाडौं । चम्पादेवी केबुलकार परियोजनाले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । कीर्तिपुरमा शुक्रबार आयोजित कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरू, स्थानीय बासिन्दा, सरोकारवालाहरूले परियोजना छिटो अघि बढाउन माग गरेका छन् । सांसद राजनकुमार केसी, प्रदेश सांसद पुकार महर्जन, कीर्तिपुर नगरप्रमुख कृष्णमान डंगोल, वडा ४ का अध्यक्ष राजेन्द्र बानियाँ, विभिन्न समितिका प्रतिनिधि तथा स्थानीय व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवाला र स्थानीय समुदायले यस्तो माग गरेका कम्पनीले जनाएको छ ।
केबुलकारको लम्बाइ २.१ किलोमिटर, टावर संख्या १२, गण्डोला संख्या ३४ प्लस तीन, यात्रु क्षमता १४ सय ४० व्यक्ति प्रतिघण्टा रहने कम्पनीले जनाएको छ ।
स्थानीय प्रतिनिधिहरूले परियोजना कीर्तिपुर र वरपरका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न अत्यन्तै महत्वपूर्ण रहेको भन्दै केबुलकार सञ्चालनपछि नगर र राष्ट्रले कर प्राप्त गर्ने, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, पर्यटन प्रवद्र्धन हुने र कीर्तिपुरको सांस्कृतिक तथा धार्मिक पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन मद्दत गर्ने बताए । स्थानीय युवाहरूले रोजगारीको प्राथमिकता पाउनुपर्ने, स्थानीय लगानीकर्तालाई सेयरको पहुँच सुनिश्चित गर्नुपर्ने, पर्यटन प्याकेज विकास गर्नुपर्ने सहभागीहरूले माग गरेका थिए । साथै उनीहरूले निर्माणका क्रममा भौगोलिक संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने भन्दै पहिरो रोकथाम, मलबा व्यवस्थापन र फोहोर व्यवस्थापन जस्ता विषय समेट्नुपर्ने बताएका थिए ।
वन तथा वातावरण संरक्षणका उपाय अवलम्बन गर्दै परियोजना अघि बढाउनुपर्ने उनीहरूको सुझाव थियो । स्थानीयले मलबा व्यवस्थापन योजनामा स्पष्टता ल्याउनुपर्ने, पर्यटनलाई दीर्घकालीनरूपमा प्रवद्र्धन गर्ने खालका वातावरणमैत्री नीति अपनाउनुपर्ने र स्थानीय समुदायलाई परियोजनामा प्रत्यक्ष संलग्न गराउनुपर्ने माग गरे । कम्पनीका अनुसार चम्पादेवी केबुलकार परियोजनाको बटम स्टेसन बोसन, दक्षिणकाली नगरपालिका १ मा रहनेछ भने टप स्टेसन कीर्तिपुर नगरपालिका ४ मा रहनेछ । केबुलकारको लम्बाइ २.१ किलोमिटर हुनेछ भने टावर संख्या १२, गण्डोला संख्या ३४ प्लस तीन, यात्रु क्षमता १४ सय ४० व्यक्ति प्रतिघण्टा रहनेछ । यात्रा समय सात मिनेट (एकतर्फी) रहनेछ । निर्माण चरणमा तीन सयजना कार्यरत रहनेछन् भने निर्माण अवधि १८ महिना रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच