
पोखरा । र्याण्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा-प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीकै कोषाध्यक्ष ध्रुव केसीले ‘वैदेशिक रोजगारी : आर्थिक समृद्धि र सामाजिक संकटका अन्तर्कथा’ शीर्षकमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । वैदेशिक रोजगारीको क्षणिक प्रलोभनका कारण नेपालका गाउँ मात्र होइन सहरसमेत रित्तिँदै गएको बताउँदै केसीले यसतर्फ राज्यले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
‘बाध्यतामा विदेश जानेको कथा बेग्लै होला’ केसीले भन्नुभयो, ‘यहाँ त अधिकांश धनाढ्यका सन्तान विदेशमा छन् ।’ उहाँले रेमिट्यान्समा रमाउने राज्यसत्ता रहेसम्म आर्थिक समृद्धि सम्भव नहुने धारणा राख्नुभयो । वैदेशिक रोजगारीका कारण आर्थिक रूपमा केही आर्जन भएको देखिए पनि सामाजिक विखण्डनको डरलाग्दो तथ्यांक रहेको जनाउँदै उहाँले यसतर्फ सबै सचेत हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागकी प्रमुख डा. कौशिला रिसालले प्रज्ञा-प्रतिष्ठान वा र्याण्डम रिडर्स सोसाइटी जस्ता संस्थाले यस्ता विषयमा बौद्धिक बहस गर्दै जाँदा नीतिगत तहमा कुरा पुग्ने बताउनुभयो । उहाँले समाजलाई अग्रगति दिनका लागि सामाजिक विषयमा स्वस्थ बहस गर्नुपर्ने धारणा राख्नुभयो । वैदेशिक रोजगारीतर्फ नभई नेपालमै भएका सम्भावनातर्फ युवाहरूलाई आकर्षण गर्नुपर्ने बताउँदै उहाँले काम सानो ठूलो नहुने भएकाले सबै कामलाई सम्मान गर्ने वातावरण तयार भएमा विदेश लखेटिने वातावरण ह्रास आउने बताउनुभयो ।
कार्यक्रममा दीपक अधिकारी, प्रकाश रिजाल, धर्मेश जयसवाल, सुदीप घिमिरे, राजेन्द्र पौडेल, दुर्गाबहादुर शाह ‘बाबा’, अनुराग अधिकारी, भरतमणि भट्टराई, नवराज आचार्य लगायतले वैदेशिक रोजगारीका अनुभव र सोसम्बन्धी धारणा राखेका थिए । सचिव नेपाल प्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमूले स्वागत गर्नुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमा परिचर्चा गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच