
दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु समुदायको आर्थिक स्तर वृद्धि अपरिहार्य रहेको बताउनु भएको छ। कमैया प्रथा उन्मुलन पश्चात् थारु समुदायमा ठूलो परिवर्तन आएको भएपनि आर्थिक रुपमा सबल बन्न भने अझै नसकेको देउवाको भनाइ छ।
दाङको दङ्गिशरण गाउँपालिका स्थित चखौरामा आयोजित अन्तर प्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो‘कमैया प्रथाको उन्मुलन मेरो नेतृत्वको सरकारले गर्यो, कमैया प्रथाको उन्मुलन पश्चात् थारु समुदायमा ठूलो परिवर्तन भयो, हक अधिकार प्राप्त भयो, तर आर्थिक रुपमा यो समुदाय जति सक्षम हुनु पर्ने हो, त्यति अहिले सम्म पनि हुन सकेको छैन, अब थारु समुदायलाई आर्थिक समृद्धिसँग जोड्न जरुरी छ।’
सभापति देउवाले थारु समुदायको कला संस्कृतिलाई व्यवसायीकरण गरेर आय आर्जन गर्न सकिने बताउनुभयो। थारुहरूको कला संस्कृति तथा खानाका परिकारको व्यवसायीकरण गर्न सके थारु समुदायले आम्दानी गर्न सक्ने र यसका लागि सरकारको सहयोग रहनु पर्ने बताउनुभयो । ‘लोकल मदिराको ब्राण्डिङ गरेर बिक्री गर्न सके थारु समुदायले यसको फाइदा लिन सक्छन्, यसका लागि कानुनी जटिलता केही रहेछन् भने यसको सहजताका लागि म सरकारलाई भन्छु’, देउवाले भन्नुभयो‘यसैगरी अन्य परिकार, थारु नृत्यलाई व्यवसायीकरण गरिनु पर्छ।’
लोकल मदिरालाई ब्राण्डिङ गरेर बिक्री गर्ने वातावरण बने विदेशी मदिराको आयात घट्ने र यसले नेपालको आर्थिक स्तर समेत बढ्ने देउवाले बताउनुभयो। ‘रक्सी खानु हुँदैन, स्वास्थ्यलाई असर गर्छ’, देउवाले भन्नुभयो‘यसको बिक्री गरेर लाभ लिन सकिन्छ भने त्यसका लागि वातावरण मिलाउन म सरकार सँग पहल गर्छु।’ यसैगरी देउवाले सङ्घीय सरकार सहित तिनै तहका सरकार थारु समुदायको हकहितका लागि गम्भीर भएर लाग्नु पर्ने बतउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच