काठमाडाैं । इजरायली र प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायल र हमासले शनिवार जारी गाजा युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत पाँचौं कैदी-वन्धक आदानप्रदान पूरा गरेका छन् । हमासद्वारा पहिले राखिएका तीन इजरायली वन्धकहरूलाई शनिवार मध्य गाजाबाट इजरायल रक्षा बल र इजरायल सुरक्षा एजेन्सीमा स्थानान्तरण गरिएको थियो ।
अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका तीन इजरायली बन्धकहरूमा ५६ वर्षीय ओहाद बेन अमी, दोहोरो इजरायली-जर्मन नागरिक ५२ वर्षीय एली शाराबी र ३४ वर्षीय ओर लेवी छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सुरक्षा निकायहरूसँगको सहकार्यमा सरकारले रिहा गरिएका वन्धकहरू र उनीहरूका परिवारहरूलाई सहयोग गर्ने बताएको छ ।
आदानप्रदानको एक भागको रूपमा इजरायलले शनिवार सहमतिअनुसार इजरायली जेलबाट १८३ प्यालेस्टिनी कैदीहरूलाई पनि मुक्त गरेको छ । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल-जाघारीले आईसीआरसीको बसहरूबाट ढुवानी गरिएका रिहा गरिएका कैदीहरू रामल्लाह आइपुगेको बताउनु भयो । मुक्त गरिएका कैदीहरूमध्ये ४२ जना वेस्ट बैंकका, तीन जना जेलसेलमका र २७ जना गाजा पट्टीका थिए । सबैले आजीवन कारावास वा लामो अवधिको कारावास भोगिरहेका थिए ।
यसका साथै हमासको २०२३ को अचानक आक्रमणपछि गाजा पट्टीमा १११ कैदीहरूलाई पक्राउ गरिएको थुनुवा मामिला आयोगले बताएको छ । जनवरी १९ देखि लागू हुनेगरी संयुक्त राज्य अमेरिकाको सहयोगमा इजिप्ट र कतारले मध्यस्थता गरेको इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो, ४२-दिने चरणमा, हमासले ३३ बन्धकहरूलाई रिहा गर्ने प्रावधान राखिएको छ भने इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।
अघिल्ला चार बन्दी-वन्धक आदानप्रदानमा, गाजाबाट १८ जना वन्धक र इजरायली जेलबाट लगभग ६ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको छ । गत महिना टाइम्स अफ इजरायलको एक रिपोर्टअनुसार इजरायलले सबैभन्दा गम्भीर अपराधमा दोषी ठहरिएका प्यालेस्टिनीहरूलाई गाजा पट्टी वा वेस्ट बैंकमा रिहा नगर्न माग गरेको थियो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच