म्याग्दीको गौश्वारामा १५ दिने गोवर्धन महायज्ञको तयारी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको गौश्वारामा आयोजना गरिने गौश्वारा गोवर्धन महायज्ञ २०८२ को तयारी सुरु भएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा आगामी वैशाख १५ देखि ३० गतेसम्म गौश्वारामा गोवर्धन महायज्ञ आयोजना गरिने भएको हो ।

पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागेको महायज्ञ पूर्व तयारी समितिका सदस्य चन्द्रकान्त रिजालले जानकारी दिनुभयो ।

बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले युक्त गौश्वारमा पश्चिम नेपालमा नै पहिलो पटक गोवर्धन महायज्ञ आयोजना गरिएको हो । उक्त महायज्ञको तयारीका लागि शनिबार (आज) काठमाण्डौंमा रहेका ज्यामरुककोट र गौश्वाराका वासिन्दाहरुको भेलामा स्वामी कमलनयनाचार्यले महायज्ञको तयारीका लागि छलफल गर्नुभएको ज्यामरुककोट समाज नेपालका अध्यक्ष हर्कबहादुर थापाले जानकारी दिनुभयो ।

महायज्ञका लागि विभिन्न सातवटा सेवाका प्रकल्पहरु निर्धारण गरिएको छ । महायज्ञ आयोजनाका लागि सातवटा सदस्यता वर्ग विभाजन गरी सेवाशुल्क निर्धारण गरिएको महायज्ञ पूर्व तयारी समितिका सदस्य रिजालले बताउनुभयो ।

उहाँकाअनुसार क वर्गको सदस्यताका लागि रु सातलाख ५५ हजार पाँच सय ५५ सेवाशुल्क तोकिएको छ भने उक्त सदस्यता जम्मा एक जनालाई मात्र वितरण गरिने छ । त्यसैगरी ख वर्गको सदस्यताका लागि रु पाँचलाख ५५ हजार पाँचसय ५५ निर्धारण गरिएको छ । उक्त सदस्यता दुईजना दाताले प्राप्त गर्न सक्नुहुने छ ।

त्यसैगरी पाँच जनालाई ग वर्गको सदस्यता वितरण गरिने छ । जसको शुल्क रु तीन लाख ५५ हजार पाँच सय ५५ रहेको छ । ११ जनालाई वितरण गरिने घ वर्गको सदस्यता शुल्क रु दुईलाख ५५ हजार पाँच सय ५५,१५ जनालाई दिइने ङ वर्गको सदस्यता शुल्क रु एकलाख,५५ हजार, पाँच सय ५५, च वर्गको सदस्यताका लागि रु ५५ हजार,पाँच सय ५५ र छ वर्गको सदस्यताका लागि रु २५ हजार,पाँचसय ५५ शुल्क निर्धारण गरिएको छ । च वर्गको सदस्यता ३५ जना र छ वर्गको सदस्यता १०८ जनालाई वितरण गरिने छ ।

महायज्ञमा सदस्यताबाट रु एक करोड, ३४ लाख, ९३ हजार, दुईसय ३५ सहयोग रकम जुट्ने अपेक्षाका साथ तयारी गरिएको उहाँले बताउनुभयो । सदस्यता शुल्कका अतिरिक्त रु दुई करोड थप रकम संकलन गर्ने अनुमान आयोजकको रहेको रिजालले बताउनुभयो ।

महायज्ञमा वचत भएको रकमबाट विभिन्न पर्यटकीय तथा धार्मिक पूर्वाधार निर्माण गरिनुका साथै गौशाला, बहुउद्धेश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
1 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?