मुगु । रारा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्टटकहरुको सुरक्षाको लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ ।
नेपाल कै सबै भन्दा ठूलो र गहिरो ताल राराताल घुम्न आउने पर्यटकहरुको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न शुक्रवार पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो । पर्यटन विभागका निर्देशक लिलाधर अवस्थी र छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहीबीच सम्झौतामा हस्ताक्षर भएसङ्गै रारामा पर्यटक प्रहरी रहने निश्चित भएको छ ।
सम्झौतामा नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने र छायानाथ रारा नगरपालिका संग सहकार्य र समन्वय गरि पर्यटकहरुलाई कामकाजमा खटाउने उल्लेख गरेको छ । छायानाथ रारा नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, विजुलीलगायतका आवश्यक पुर्वाधारको व्यवस्था गर्नु पर्ने र पर्यटक प्रहरीका लागि उचित कार्य वातावरण निर्माण गर्नु पर्नेछ ।
मुगुमा रहेको रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थलहरु, हिमाल, गुफा रहेका छन । जङ्गलहरुकाबीचमा रहेका यी स्थानहरुमा यहाँ आएका पर्टकहरु एग्लै घुम्न डराउने गर्छन । अब पर्यटक प्रहरी राखिए सुरक्षाको महशुस गरि पर्यटकहरु स्वतन्त्र रुपमा यी पर्यटकिय स्थलहरुको पनि भ्रमण गर्ने तथा पर्यटकहरुको रारा बसाइ पनि लम्बिने छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपती शाही बताउनुहुन्छ ।
पर्यटकहरुको बसाइ लम्विने बित्तिकै स्थानिय जनताहरुको आर्थिक स्थितिमा पनि सुधार आउने उहाँकाे भनाइ छ । पर्यटक प्रहरीलाई राख्ने स्थानको छनौट, घर, खानेपानी, विजुली र अन्य आवश्यक पुर्वाधारको व्यवस्थापन गरेर छिट्टै रारामा पर्यटक प्रहरी राख्न आफुहरु लागि रहेको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच