
भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ८ मा वडा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
भोजपुर नगरपालिका न्यायिक समितिले वडातहका विवाद वडामै समधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरेको हो । केन्द्रको भोजपुर नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक निर्मला शेर्पाले उद्घाटन गर्नुभयो । मेलमिलाप केन्द्रको उद्घाटनपछि उपप्रमुख शेर्पाले मेलमिलाप मार्फत समाजमा सद्भाव कायम हुने बताउँदै वडा तहका विवाद समाधानमा केन्द्रले सहजता दिलाउने बताउनु भयो ।
मेलमिलापकर्ता न्यायिक समितिकै अंग भएको बताउदै पक्ष विपक्ष दुवैलाई सहमतीमा ल्याएर विवाद समाधान गर्न शेर्पाले आग्रह समेत गर्नुभयो । मेलमिलापकर्ताको भुमिका स्थानीय सरकार सञ्चालन ऐन र नगरपालिका न्यायिक समितिको कार्यविधि अनुसार हुनेछ । मेलमिलापकर्ताको लागि नगरपालिकाले तालिम समेत संचालन गरि सकेको छ । वडा तहमै विवाद समाधान हुदाँ अदालती झन्झट, आर्थिक बचत, सामाजिक सद्भाव र पक्ष विपक्ष दुवैले जित्ने भएकाले मेलमिलाप नै उत्तम उपाय हुने वडाध्यक्ष नवीन प्रधानको भनाई रहेको छ ।
सोक्रममा वडा तहमा स्थापना गरिएको बालक्लवका पदाधिकारीहरुलाई उपप्रमुख शेर्पाले झोला समेत बितरण गर्नुभयो । बालबालिकाहरुसँग अन्तरक्रिया समेत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच