
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा खटिएको ईलाका प्रहरी कार्यालय कर्मयाको प्रहरी टोलीले शंकास्पद सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
आज बिहान बिहान चेकजाँचको क्रममा काठमाण्डौंबाट मोरङतर्फ जाँदै गरेको प्र.३-०१-००५ ख ९५२२ नम्बरको ट्रक (कन्टेनर) नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार ट्रकमा रहेको रेडिमेड कपडा, जुत्ता, र मेशिनरी पार्ट्स जस्ता सामानहरूको बिल–बिजक शंकास्पद देखिएपछि करिब रु. ७४,८६,४२५ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएको ट्रक र सामानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको सर्लाही प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच