
दाङ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानन्त्री शेरबहादुर देउवाले दाङको विकासका लागि तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस दाङले आइतवार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सभापति कुहिरो नलाग्ने र बाह्रै महिना विमानस्थल चलाउन सकिने भएकाले एयरपोर्टको स्मतरवृद्धिका लागि पहल गर्ने बताउनुभयो । एयरपोर्टको स्तरवृद्धिका लागि काठमाडौं फर्किएपछि विज्ञहरुसंग परामर्श गर्ने समेत बताउनुभयो । दाङ प्रादेशिक राजधानीसँगै यस क्षेत्रको महत्वपूर्ण ठाउँ भएकाले नियमित सञ्चालन हुने विमानस्थलको अत्यन्त आवश्यक रहेको भन्दै सभापति देउवाले भन्नुभयो,‘दाङमा ठुला जहाज उडानका लागि अहिलेको एयरपोर्टको बिस्तार गर्न जरुरी रहेको छ । यसका लागि विमानस्थलको स्तरबृद्धिका लागि विज्ञहरुसंग छलफल गर्छु र अघि बढाउनका लागि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भन्ने छु ।’
तराई तिरका बिमानस्थलमा कुहिरो लाग्ने र उडान प्रभावित हुने समस्या भएपनि दाङमा त्यो नहुने अवस्था रहेकाले यहाँ रहेको बिमानस्थलको विकास हुन आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले दाङको विकासका लागि तुलसीपुरमा रहेको बिमानस्थलको स्तरवृद्धिसँगै घोराही–तुलसीपुर चारलेन सडक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरवृद्धिका लागि पहल गर्न सभापति देउवासँग आग्रह गरेका थिए । साथै बक्ताहरुले पार्टीभित्रको गुटउपगुटको अन्त्य गर्दै एकतावद्ध गरेर आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेगरी नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच