
बैतडी ।बैतडीको दोगडाकेदार गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । ४० बर्षमाथिका विपन्न एकल र विधुर पुरुषलाई भत्ता दिने भएको हो ।
चालू आर्थिक वर्षमा विपन्न एकल पुरुषलाई निर्वाह भत्ता प्रदान गर्नका लागि ५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो।
आर्थिक रुपले विपन्न एकल पुरुषहरुको जिविकोपार्जनमा टेवा पुर्याउनका लागि भत्ता दिने तयारी भएको गाउँपालिकाले जनाएको छ ।
४० बर्षमाथिका एकल र बिधुर पुरुषले वडाका सिफारिशसहित सम्बन्धित वडामै निवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।
भत्ताका लागि आएका निवेदनहरुबाट छनौट गरेर आर्थिक रुपले विपन्न एकल पुरुषलाई भत्ता दिइने उपाध्यक्ष कार्कीले बताउनुभयो । यसले एकल तथा विधुर पुरुषहरुलाई आफ्नो जिविकोपार्जनमा केही टेवा पुग्ने अपेक्षा लिइएको बताइएको छ ।
४० बर्षमाथिका एकल र बिधुर पुरुषले फागुन १० गतेभित्र सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच