
मड्रिड । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड हारबाट जोगिएको छ । किलियन एमबाप्पेले आफ्नो पहिलो क्यापिटल डर्बीमा एट्लेटिको मड्रिडविरुद्ध गोल गर्दै रियललाई हारबाट जोगाउनुभएको हो । १-१ को बराबरीसँगै रियलले ला लिगाको शीर्ष स्थानमा आफ्नो कमजोर अग्रता कायम राखेको छ ।
शीर्ष स्थानको रियलको २३ खेलबाट ५० अंक छ । समान खेलबाट एट्लेटिकोले ४९ अंक पुर्याएको छ । रियलले अब मंगलबार म्यानचेस्टर सिटीको मैदानमा च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेग खेल्नेछ ।
जुलियन अल्भारेजले ३५औँ मिनेटमा पेनाल्टीबाट एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । एमबाप्पेले दोस्रो हाफको पाँचौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच