
लण्डन । इंग्लिस टिम चेल्सी एफए कपबाट बाहिरिएको छ । ब्राइटनसँग २-१ ले स्तब्ध चेल्सी एफए कपको पाँचौं चरणमा स्थान बनाउन असफल रहेको हो । जापानी विंगर काओरु मितोमाको निर्णायक गोलसँगै ब्राइटनले भने एफए कपको पाँचौं चरणमा स्थान सुरक्षित गरेको छ । ब्राइटनका गोलकिपर बार्ट फरब्रुग्गनले खेलको पाँचौं मिनेटमा कोल पामरको क्रस नियन्त्रणमा लिन नसक्दा आत्मघाती गोल खानुभएको थियो । तर, चेल्सीले उक्त अग्रता सात मिनेटभन्दा बढी कायम राख्न सकेन ।
जर्जिनियो रुटरले हेडरमार्फत् गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउनुभयो । पामरले पहिलो हाफमै पुनः अग्रता दिलाउन राम्रो अवसर पाउनुभएको थियो । तर, उहाँ चुक्दा ब्राइटनले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल रहृयो । मितोमाले ५७औँ मिनेटमा गोल गर्दै ब्राइटनलाई जित दिलाउनुभयो । चेल्सीले डिसेम्बरको सुरुदेखि कुनै पनि प्रतियोगितामा ‘अबे’ जित हात पार्न सकेको छैन । प्रशिक्षक एन्जो मारेस्काको पहिलो सिजनमा चेल्सीको उपाधि जित्ने सम्भावना अब युइएफए कन्फ्रेन्स लिगमा मात्र बाँकी रहेको देखिन्छ । प्रशिक्षक फाबियन हुरजेलरको नेतृत्वमा ब्राइटनले लिगमा अस्थिर प्रदर्शन गरिरहेको छ । तर, गत हप्ता नटिङगम फरेस्टसँग ७-० को लज्जास्पद हारपछि टोली पुनरागमन गर्न सफल भएको छ ।
यसैगरी लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले लेटन ओरिएन्ट एफसीविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ । ब्रिसबन रोड रंगशालामा पाहुना टोली सिटीलाई जित दिलाउन अब्दुकोदिर खुसानोभ र केभिन डी ब्रुएनाले गोल गर्नुभयो । लेटनका लागि एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयो । खेलको १६औँ मिनेटमा स्टेफन ओर्टेगाबाट आत्मघाती गोल हुन पुग्दा लेटनले अग्रता लिएको थियो । ५६औँ मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काउनुभयो । डी ब्रुएनाले ७९औँ मिनेटमा गोल गर्दै सिटीलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच