
वासिङ्टन । विश्वकप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले नामिबियालाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १७९ रनमा अलआउट भयो । नामिबियाका लागि मलान कुर्जरले ४४ बलमा सर्वाधिक ३२ रन जोड्नुभयो । शान फुचे २२, रुवेन ट्रम्पलम्यान २१, कप्तान जेरार्ड एरास्मसले १८ रन बनाउनुभयो । अमेरिकाका लागि मिलान्ड कुमारले चार, हर्मित सिंहले दुई, सञ्जय कृष्णमूर्ति, नोश्तुस केन्जिगे र सौरभ नेत्रभाल्करले समान एक विकेट लिनुभयो ।
त्यसअघि ओमानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ४३ ओभरमा ८ विकेट गुमाएर २९३ रनको योगफल तयार गरेको थियो । अमेरिकाका लागि कप्तान मोनांक पटेल, आन्द्रेश गौस र मिलान्ड कुमारले अर्धशतक बनाउनुभयो । ओपनर गौसले सर्वाधिक ७६ रन बनाउनुभयो । कप्तान पटेलले ६५ रन जोड्नुभयो । आठ टोली सहभागी लिगमा अमेरिका १३ खेलमा १८ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया १३ खेलमा १० अंकका साथ छैटौं स्थानमा छ । नेपाल लिगको पुछारबाट दोस्रो स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच