
दाङ ।दाङको चखौरामा थारूहरूको ‘महाकुम्भ’ सकिएको छ। दुई दिनसम्म चलेको यो भेलामा विभिन्न जिल्लाका हजारौं थारुहरू सहभागी भएका थिए। भेलालाई नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुभएको थियो।
थारुहरूको मौलिक संस्कृति जोगाउन र केही प्रथाहरूलाई कानुनी मान्यता दिलाउनका लागि हालैमात्रै गठन भएको मटँवार/बरघर/भलमन्साहरूको संघमा आवद्ध भएका देशभरका थारुहरू दाङको चखौरामा जम्मा भएका थिए। त्यही भेलामै संघको अधिवेशन पनि भएको थियो। मटँवारबरघर र भलमन्सा भनेको थारु समुदायका अगुवा हुन्। खासगरी पश्चिम तराईंमा बसोबास गर्ने थारु समुदायमा अगुवा चुन्ने प्रचलन हुन्छ र हरेक वर्षको माघ १ गते प्रजातान्त्रिक विधिबाट उनीहरू चुनिने गर्छन्। यी अगुवाहरूलाई ठाउँअनुसार मटँवार/बरघर/भलमन्सा भनेर सम्बोधन गरिन्छ। थारु समुदायमा उनीहरूको काम भनेको समुदायको रेखदेखदेखि आफ्ना समुदायका लागि कानुनहरू बनाउने र त्यसैअनुसार समुदायलाई चलाउने हुन्छ। कतिपय अवस्थामा मटँवारबरघररभलमन्साहरूले नै समुदायमा आइपरेका मुद्दाहरूको छिनोफानो पनि गरिदिन्छन्।
तर लोकतन्त्रको अभ्याससँगै थारु समुदायका परम्पराहरू हराउन थालेका छन् र यी मौलिक अनि सांस्कृतिक प्रथालाई जोगाउनका लागि देशभरका थारु अगुवाहरू एकजुट भएका हुन्। हालैमात्र औपचारिकरुपमा गठन भएको मटँवारबरघररभलमन्सा संघको केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरी हुनुहुन्छ । पूर्वप्रधानमन्त्री तथा प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण तथा प्रदेशका मन्त्रीहरूसमेतलाई राखेर यी थारु अगुवाहरूले थारु प्रथाजनित केही मौलिक संस्कारहरूलाई कानुनी मान्यता दिन अपिल गरेका थिए।
उनीहरूलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थारुहरूको मौलिकता संरक्षणको जिम्मेवारी यही समुदायको अगुवाहरूको भएको भन्दै कानुनी तथा नीतिगतरुपमा भएका अप्ठ्याराहरू फुकाउनका लागि सरकारले पहल गर्ने बताउनुभयो ।
थारु अगुवाहरूले थारुले परम्परागतरुपमा उत्पादन गर्ने मदिरा विश्वव्यापी ब्रान्डभन्दा कम नभएको भन्दै त्यसलाई बजारीकरण गर्नका लागि कानुन निर्माणका लागि आग्रह गरेका थिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच