
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधानसम्मत नरहेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको बताउनु भयो ।
अहिलेको सरकार संविधान मिचेर बनेको आरोप लगाउनु भयो । उहाँले पुनः एक पटक ठूलो आन्दोलनको आवश्यकता देशलाई परेको जिकिर गर्नुभयो । उहाँले प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको बताउनु भयो । अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जरुरी रहेको बताउनु भयो ।
उहाँले शान्ति सम्झौताका पक्षधर दलहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर देशमा स्थायी शान्ति दिनुपर्ने बताउनु भयो । उहाँले देशमा स्थायी शान्तिको स्थापना गर्न प्रमुख दलहरु मिलेर जानुको विकल्प नरहेको जिकिर गर्नुभयो । ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको बताउनु भयो । उहाँले संविधान संशोधनको सैद्धान्तिक जामा पहि-याएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘मैले कहिले कहीँ के सोच्ने गरेको छु भने नेपालमा एउटा ठूलो आन्दोलन फेरि आवश्यक भएको हो की क्या हो भन्ने मलाई पनि लाग्न थाल्यो भनेपछि । किनभने कसैले नि नमान्ने । प्रदेशलाई अधिकार दिन पनि नमान्ने । स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने । भनेपछि त के देशले फेरि एक पटक अर्को आन्दोलन खोजेको हो त ? जनतामा असन्तुष्टि बढेको बढ्यै छ । निराशा बढेको बढ्यै छ । एउटा अर्को विद्रोह आवश्यक भएको हो त ? भन्ने प्रश्न चाहीँ अब बिस्तारै मानिसहरुको मनमा आउँदैछ । हामी कसैले पनि के नसोचौँ भने, म त्यो विद्रोह गर्ने निस्कर्षमा पुगेँ भनेको अर्थ पनि नलागोस् । तर जनतामा देखिएको निराशा, असन्तुष्टि, युवाहरुमा देखिएको फ्रस्टेशन, नेतृत्वपंक्तिले यो सबै कुरालाई आत्मसाथ गर्नुभन्दा संविधान पनि मिच्ने । किनभने यो सरकार बनेको पनि मलाई संविधानसम्मत लागेकै छैन । मलाई संविधानसम्मत बिल्कुलै लागेको छैन । यो संविधान मिचेर बनेको सरकार हो ।’
अध्यक्ष दाहालले राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर अहिलेको सरकार बनेको आरोप लगाउनु भयो । अहिलेको सरकार संविधानसम्मत र लोकतान्त्रिक नरहेको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच