
झापा । झापा बिर्तामोड नगरपालिका -३ को सूर्यनगरमा सञ्चालित रिद्धिसिद्धि भेनियर उद्योगका कामदार रियाना खातुनको शव ओछ्यानमा भेटिएपछि सो भेनियरका ठेकेदार बिजला मोहमद फरार भएका छन् ।
आइतबार बिहान भेनियर उद्योगको क्वाटरमा झापा कचनकवल गाउँपालिका- ३ केचनाकी १७ वर्षीया रियानाको शव ओछ्यानमा भेटिएको हो । उनले झुन्डिएर आत्महत्या गरेको भनिए पनि प्रहरीले शव ओछ्यानमा भेटेको थियो । घटना लगत्तै भारत अररिया घर भएका २५ वर्षीय बिजला फरार भएका हुन् ।
बाँसको चित्राले घेराबारा गरेको टिनको छानो भएको घरको एउटै कोठाभित्र रहेका दुईवटा बेडमा मृतक रियाना , मृतकका बहिनी १४ वर्षीया साजना खातुन र ठेकेदार बिजला शनिबार राति सुतेका थिए ।
रियानाले आत्महत्या गरेको सूचना पाए लगत्तै प्रहरी चौकी बिर्ताबजारका प्रहरी सहायक निरीक्षक पदम बिष्टको नेतृत्वमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी टोली त्यहाँ पुग्दा ओछ्यानमा सुतिराखेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
फरार बिजलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच