काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को सिनेमाघरमा आउने मिति तय गरिएको छ । हाल छायांकनमा रहेको दीपेन्द्र के खनाल निर्देशित यो चलचित्र २०८२ को फूलपातीमा रिलिज हुने भएको हो ।
शंखुबाट छायांकन थालिएको यो चलचित्रमा हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधरलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रलाई ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा खिचिने निर्माणपक्षले जनाएको छ । एसएम मोसन पिक्चर्सको व्यानरमा निर्माण भइरहेको चलचित्रमा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रूपमा रहनुभएको छ ।
सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको चलचित्र महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ । चलचित्रमा हरिवंश आचार्यको कन्सेप्ट, कथा रहेको छ । ‘हरिबहादुरको जुत्ता’ यो मितिमा सिनेमाघरमा आउने घोषण गरिएसँगै बडा दशैँको छेको पारेर सिनेमाघरमा आउने तयारी गरेका चलचित्रको संख्या आठ पुगेको छ । ‘परालको आगो’, ‘माइतीघर’, ‘१२ गाउँ-२’, ‘जारी-२’ ‘डबल ट्रिपल’, ‘महाराजधीराज’, ‘माग्ने राजा’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’, ‘दशमी’लगायत छन् । यी मध्ये ‘१२ गाउँ-२’ र ‘जारी-२’ र ‘बलिदान’ले भने औपचारिक रूपमा घोषणा गर्न बाँकी छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच