
काठमाडौं । म्युजिक भिडियो निर्देशकहरूको संस्था नेपाल म्युजिक भिडियो निर्देशक समाजको तेस्रो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो भने प्रथम उपाध्यक्ष डि.आर सुजनको संयोजकत्वमा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
टोखा नगरपालिकामा अवस्थित भुतखेल सामुदायिक वनमा करिब १५० भन्दा बढी कलाप्रेमी व्यक्तिहरूको उपस्थितिमा उक्त वनभोज कार्यक्रम सम्पन्न भएको थियो । ख्यातिप्राप्त कलाकार, निर्देशक, समाजसेवी, पत्रकारको उपस्थिति रहेको उक्त वनभोज कार्यक्रम यस संस्थाले पहिलोपटक आयोजना गरेको हो । वनभोज कार्यक्रममा कलाकारले आ-आफ्नो सांगीतिक प्रस्तुति दिएर थप मनोरञ्जन प्रदान गरेका भने हाँडी फुटाईलगायत खेल खेलाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच