काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलनपीडितको उपचार अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले आर्थिक अवस्था कमजोर भएका जलनपीडितको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आएको छ । काठमाडौं २८ कमलपोखरीस्थित एक मम आउटलेट आगलागीका क्रममा जलेर घाइते बिरामीको उपचार अवस्थाबारे जानकारी लिंदै मन्त्री पौडेलले बिरामीका गुनासा सुन्नुभएको थियो । उहाँले अस्पतालका अधिकारीहरूलाई निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न ध्यानाकर्षण गराउनुभयो । मन्त्री पौडेलले भन्नुभयोे, ‘सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचारको व्यवस्था गरेका हौं, सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला ।’
उहाँले जलन प्रभावितको उपचारका क्रममा अस्पतालले भोग्नुपरेका समस्या तथा बिरामीका गुनासा दुवै सुन्नुभयो । जलन समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पु¥याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने उहाँले जानकारी गराउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, ‘जलनपीडितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौं ।’ आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचार गर्न अस्पतालका लागि कीर्तिपुर नगरपालिकामार्फत् दुर्ई करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ । त्यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत् पनि आर्थिक समस्या भोगेका बिरामीको निःशुल्क उपचार भइरहेको छ ।
मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ । गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चौधरी तथा जलनपीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेको थियो ।
करिब १८ करोड लागतमा समूहले प्रतिबद्धता जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।







एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा
‘महाराजधिराज’का लागि पुष्पको सिक्स प्याक
दीपानारायण झाको एकल सांगीतिक साँझ
‘रानीहार’ लिएर आइन संगीता