
काठमाडौं । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासंग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ लोकार्पण गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा.महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा.गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा उक्त कथासंग्रहको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तकको समीक्षा गर्दै डा.त्रिपाठीले लखेको पहिलो प्रयास स्वागतयोग्य रहेको बताउनुभएको थियो । ‘लेखकको कल्पना शक्तिले धेरै कुरा जोडेको छ । पहिलो कथासंग्र्रह भएकाले यहाँ भएका केही कमजोरीलाई नजरअन्दाज गर्न सकिन्छ । यसमा रहेका कथामा विविधता रहेका छन्’, साहित्यकार डा.त्रिपाठीले भन्नुभयो ।
सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा.विष्टले सञ्चारकर्मसँगै लेखकका रूपमा सुरु भएको यात्रालाई सन्तुलन मिलाएर अगाडि बढ्न शुभकामना दिनुभएको थियो । ‘उहाँ राम्रो सञ्चारकर्मी भएकाले लेखकका रूपमा परिचय थपिँदै गर्दा दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउनुहुन्छ भन्नेमा विश्वस्त छु । उहाँको कथामा विविधता छ, रोचकता छ । सामाजिक विकृतिलाई व्यंग्य गर्नुका साथै यसमा सचेत पनि गराइएको छ’, उहाँले भन्नुभयो ।
यस्तै, सार्वजनिक प्रसारण सेवा नेपालका सदस्य वलले कथाकार समिरलाई कुमार नगरकोटी शैलीको लेखकका रूपमा बुझेको उल्लेख गर्दै सानो कथानकमा कथा बुन्न सक्ने कथाकार भन्दै प्रशंसा गर्नुभएको थियो ।
कथा, गीत, गजल लेखेता पनि संग्र्रहित गरेर पहिलोपटक पुस्तकको स्वरुपमा ल्याएको लेखक समिरले बताउनुभयो । ‘मैले विभिन्न समयमा लेखेको कथालाई संग्र्रहित गरेर पुस्तक बनाएको छु । यो पहिलो प्रयास भएकाले केही कमजोरी हुनसक्छ, तर मैले इमानदारीतापूर्वक यसलाई सृजना गरेको छु । यो मेरा लागि सदैव महत्वपूर्ण रहनेछ,’ उहाँले भन्नुभयो । उहाँको जन्म दिन पारेर ‘मुना मदनको डिभोर्स पार्टी’ कथासंग्र्रहलाई इण्डिगो इंकले बजारमा ल्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच