
पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । अभिनव साहित्य समाजले २७६औं शृंखलामा अभिनव मणिराम शिक्षा तथा समाजसेवा पुरस्कार समाजसेवी उत्तम पुडासैनीलाई अर्पण गरेको छ । असहाय गाईबाच्छाको हेरचाह गर्दै आउनुभएका पुडासैनी मानव अधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ । हरेक वर्ष अभिनव साहित्य समाजले मणिराम शिक्षा तथा समाजसेवा पुरस्कार वितरण गर्दै आएको छ ।
अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको सभापित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गोकर्णश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले हुनुहुन्थ्यो । यस्तै, विशेष अतिथीमा प्रा.पिताम्बबर दाहाल, बाजुराम पौड्याल, गंगाप्रसाद भेटवाल, डा.सुबास प्याकुरेल, पूर्वप्रदेश मन्त्री रामेश्वर फुया“ल रहनुभएको थियो ।
‘यस्ता साहित्य कार्यक्रमले नगरपालिकाको सान बढाउँछ समाजमा उत्साह जनाउछ नगरपालिकाले साहित्य कार्यक्रमलाई विशेष स्थान दिने गरेको छ,’ प्रमुख अतिथि नगर प्रमुख रिसालले भन्नुभयो । डा.प्याकुरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा समाजका अध्यक्ष घिमिरेले धन्यवाद ज्ञापन र समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच