
✍️ पोषनाथ शर्मा
नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते दुई दिन नेपालका सातै प्रदेशका पार्टी सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको दुई दिने अभिमुखीकरण कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका उपसभापति, महामन्त्रीहरू सहमहामन्त्रीहरू कोषाध्यक्षसहित अधिकांश केन्द्रीय सदस्यहरूको बाक्लो उपस्थितिबीच चलेको अभिमुखीकरण कार्यक्रममा भने डा.शेखर कोइराला, पूर्वमहामन्त्रीहरू डा.शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र पूर्वउपसभापति विमलेन्द्र निधिको कार्यक्रममा उपस्थिति थिएन, आयोजकले नै नबोलाइएको सूचना प्रबाह भइरहँदा सहभागीहरू सन्तुष्ट देखिएका थिएनन् । यसरी नै नेपाली कांग्रेस गण्डकी प्रदेशले पनि प्रदेशस्तरीय एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । देशभरिकै जिल्ला सभापति उपसभापतिहरू समेत सिंगो कांग्रेसको नेतृत्व पंक्ति सहभागी भएका बेला मुलुकको राजनीति, अन्तर्राष्ट्रिय सम्बन्धमा आएको फेरबदल र प्रतिस्पर्धी दलसँगको नयाँ गठबन्धनको वर्तमान र भविष्य, जस्तो कि पछिल्लोपटक दुई ठूला दल निश्चित एजेण्डासहित अगाडि बढ्ने समझदारी भयो ।
नेपाली कांग्रेसको इतिहास र परम्परा हेर्ने हो भने यसको जीवनकालमा दुईपटक नीतिगत रूपमा, २०३३ सालमा बीपी कोइराला आठ वर्षको लामो भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रिय एकता र मेलमिलापको नीतिमा र २०४२ सालमा पञ्चायतका विरुद्ध सत्याग्रह गर्ने विषयमा बाहेक कुनै तह र विषयमा नीतिगत बहस भएको छैन ।
सुरुका दुई वर्ष एमाले र त्यसपछि नेपाली कांग्रेसले नेतृत्व गर्ने सहमति अनुसार आगामी दिनमा गठबन्धनका यी दुई दल एकअर्कालाई समयावधिभर सहयोग गर्न तयार हुन्छन् कि हुँदैनन् ? विश्वासिलो आधार के हो ? दिनहरू सहज र सरल ढंगले अधि बढ्लान् ? चरम वामपन्थी र चरम उग्र दक्षिणपन्थीको अराजकताको जटिलता आफ्नो सामुन्ने आउने चुनौतीलाई कसरी सामना गर्ने ? संविधान संशोधनको प्रश्न जस्ता विषय गहन छलफलको एजेण्डा हुने अनुमान गरिए पनि खास खास विषयका छवटा कार्यपत्र प्रस्तुत भएर छलफल सकिएको थियो । अभिमुखीकरण कार्यक्रमको नाम दिए पनि बैठक महाधिवेशन लक्षित भएको केही सहभागीको टिप्पणी थियो ।
त्यसरी नै मुलुकको परिवर्तनपछिका दशकमा प्राप्त गरेका आर्थिक, राजनीनिक, सामाजिक उपलब्धि व्यवस्थित रूपमा जनतालाई बुझाउने संगठित प्रयत्न नभएको, स्वयं परिवर्तनको नेतृत्व गरेको कांग्र्रेस त्यसको प्रचारात्मक लाभ लिन नसकी उल्टै सुशासन र सदाचार आचरणमा पार्टी नेतृत्वको प्रतिबद्धतामाथि नै प्रश्न उठिरहेको जस्ता विषयमा पनि कांग्रेसले गम्भीर आत्म समीक्षा गरेर अगाडिको बाटो तय गरिनुपर्ने सहभागीको मत थियो । तर, नेतृत्वको सोचाइ र सहभागीको चाहनाका बीच तालमेल नदेखिँदा पार्टीमा गुटले अड्डा जमाएको प्रष्ट देखिन्थ्यो भने कांग्रेसलाई कुन गुटले सञ्चालन गरेको छ ? त्यो पत्ता लगाउन कठिन भएको यथार्थप्रति पनि सहभागीले चिन्ता प्रकट गरेका थिए । प्रमुख अतिथि सभापति भन्दै हुनुहुन्थ्यो हामी एक भयौं भने कसैले हराउन सक्दैन तर एक हुने अचुक औषधि भने उहाँले बताउनु भएन ।
नेपाली कांग्रेसको इतिहास र परम्परा हेर्ने हो भने यसको जीवनकालमा दुईपटक नीतिगत रूपमा, २०३३ सालमा बीपी कोइराला आठ वर्षको लामो भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रिय एकता र मेलमिलापको नीतिमा र २०४२ सालमा पञ्चायतका विरुद्ध सत्याग्रह गर्ने विषयमा बाहेक कुनै तह र विषयमा नीतिगत बहस भएको छैन । अहिले पनि कांग्रेसभित्र धर्मको कुरा उठिराखेको छ । गत महासमितिमा उठाउन प्रयास गरिएको थियो, गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेशको प्रशिक्षण कार्यक्रममै वर्तमान समस्याको जड नै राजनीतिबाट धर्मलाई अलग गर्नु हो, त्यसबाट प्राप्त हुने परिणामलाई वास्ता नगर्नु हो भन्दै हाम्रो समाज भनेको धर्म निर्देशित समाज भएकोले जसरी धर्मबाट समाज अलग राख्न सकिँदैन त्यसरी नै राजनीतिलाई धर्मबाट अलग राखिनु हुँदैन भन्ने भनाइबाट पनि यो बहसले पुठ पाएको छ ।
यसैगरी कांग्रेसभित्र कार्यक्रमभन्दा ध्यान आगामी १५औं महाधिवेशनमा केन्द्रित भएको जस्तो देखिएको छ । कांग्रेस नेतृत्वको चर्चाले बढी महत्व पाएको थियो । युवा पुस्ताको नेतृत्व कति ग्राहृय छ वा छैन ? यो महाधिवेशनले कस्तो नेतृत्व छान्ला ? यो सहभागीबीच बहसको विषय बनेको थियो । सूचना र जीवनशैलीमा आएका परिवर्तनलाई आत्मसात गर्ने युवापुस्ताको स्वाभाविक चाहना हो तर युवापुस्ता र पाकोपुस्ताको बहसभन्दा पनि राज्य समाजप्रति कति दायित्व र क्षमता निर्वाह कसरी गर्न सकिन्छ ? त्यो सोचनीय विषय हो । महत्वपूर्ण प्रश्न पनि यही हो ।
नेतृत्व युवापुस्तामा हस्तान्तरणको बहसमा नेपाली कांग्रेसभित्रमात्रै होइन नेपालका प्रमुख राजनीतिक दलमा सक्रिय नेताहरूको अनुहार हेर्दा युवा अथवा दोस्रो पुस्ताका नेताहरूको संख्या अधिक भेटिन्छ, नेतृत्व तहमा कति नहोलाने तर संख्यात्मक हिसाबले युवा अगाडि नै छन् । राजनीतिमा आफ्नो स्थान बनाउन पार्टीका शीर्ष नेताको फेर समातेर कुनै न कुनै गुटमा दरिएका छन् । नेपाली कांग्रेसकै कुरा गर्ने हो भने पनि पदाधिकारी सबै महाधिवेशनबाट लोकप्रिय मत ल्याएर स्थापित युवा नै छन् । पार्टीको शक्तिशाली महामन्त्री पदमा गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ त्यसरी नै सहमहामन्त्री सबै युवा नै छन् तर पार्टीले गर्ने हरेक निर्णयमा युवाहरूको भूमिका प्रभावहीन देखिनु, जस्तो कि गत ७९ को निर्वाचनमा चुनाबी गठबन्धनका विषयमा गठबन्धन गर्ने कि नगर्ने ?
कांग्रेस गुटबन्दीले संकटमा छ । यस पार्टीलाई प्रतिस्पर्धाभन्दा पनि प्रतिशोधको अपसंस्कृतिले गाँजेको छ । यो संकटबाट पुनर्जीवन दिने काम कठिन हुँदैछ । यो संकटको घडीबाट निकालेर कांग्रेसलाई गतिवान बनाउने जिम्मेवारी नेतृत्वमा बसेका भरोसा गरेका पात्रहरूको हो ।
गर्दा कोसँग गर्ने ? निर्वाचनमा टिकट वितरण गर्दा कसरी गर्ने ? संगठनको मापदण्ड के हो ? के हुने ? यस्ता थुप्रै नीतिगत विषयमा जुन प्रभाव पर्दथ्यो त्यो नदेखिएकाले युवाले महत्वाकांक्षा मात्र राखेर उपलब्धि हासिल हुन सक्दैन, वस्तुगत विनाको हवाई कल्पनाले परिणाम दिन सक्दैन । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले शेरबहादुर देउवासँगै युवापुस्ताका गगन, विश्व, प्रदीप, चन्द्र भण्डारीसम्मका नाति पुस्ताको नेतृत्व कांग्रेसभित्र छ ।
कांग्र्रेस गुटबन्दीले संकटमा छ । यस पार्टीलाई प्रतिस्पर्धाभन्दा पनि प्रतिशोधको अपसंस्कृतिले गाँजेको छ । यो संकटबाट पुनर्जीवन दिने काम कठिन हुँदैछ । यो संकटको घडीबाट निकालेर कांग्रेसलाई गतिवान बनाउने जिम्मेवारी नेतृत्वमा बसेका भरोसा गरेका पात्रहरूको हो । देशका सबै समस्याका जरा राजनीतिमा जोडिएको छन्, शक्तिको होडबाजी, बढ्दो व्यक्तिवादी प्रवृत्ति, नेतृत्वमा स्थापित हुनका लागि जनताबीच लोकप्रिययतालाई भन्दा सत्ताको उपयोगलाई बढी प्रभावकारी मान्ने प्रवृत्ति, भ्रष्टाचारको राजनीतिको अपसंस्कृतिको अन्त्य गर्न नेपाली कांग्रेस अत्यन्तै संवेदनशील र जिम्मेवारीका साथ अग्रसर हुन अनिवार्य छ ।
यसका निम्ति जिम्मेवार पुस्ताको खाँचो छ । यति बेला कांग्रेसका प्रमुख प्रतिष्पर्धाका दल विभाजित र विचलनको अवस्थामा छन्, सत्तासाझेदारीमा भएको एमाले माधव नेपालबाट सुरु भएको फुट भीम रावलसम्म आइपुग्दा पुनर्जीवित एमालेको आकार देखन नसकिने अवस्थामा पुगेको छ भने माओवादी केन्द्र अस्तित्वको संकटमा छ, अरू मधेसी दल, रास्वपा, राप्रपा नगन्य अवस्थामा छन्, कांग्रेसभित्र गुट उपगुट जति भए पनि नीतिगत रूपमा स्थिर र एकाताबद्ध देखिन्छ, विनाप्रयत्न राजनीतिको मैदान खाली पाएको कांग्रेसले यो समय यसको संगठन र यसले दिने प्रभावले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्न सक्नु पर्दछ । (शर्मा पुराना पत्रकार तथा नेपाली कांग्रेस कास्कीका नेता हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच